काठमाडौं ।भक्तपुर नगरपालिका-१ सल्लाघारीमा मंगलबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका-२ कुन्चोक घर भई हाल भक्तपुरको राधे राधे बस्ने २० वर्षीय संजीव भारतीको प्रहरीले जनाएको छ । केवल लाईनको तार चेक गर्दा एक्कासी करेन्ट लाग्न गई ६ तला माथीबाट भुईमा खसेर गम्भीर घाइते भएका भारतीको ईवामुरा मेमोरियल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
पुरा पढ्नुहॊस »नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आज रातिबाट लकडाउन
काठमाडौं । कोरोना भाइरस संक्रमण बढे पछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा, सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा पनि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पुरा पढ्नुहॊस »लक्ष्मी बैंकको शाखा सिन्धुलीको रामटारमा
काठमाडाैं । लक्ष्मी बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा आफ्नो १२९औं शाखा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको रामटारमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा …
पुरा पढ्नुहॊस »ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
झापा । झापा मेचिनगर नगरपालिका -१३ चारआली चौक स्थित पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मंगलवार बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को २८प ८८९१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको मे१ ख८११ नम्बरको ट्रकले ठक्कर दिई दुर्घट्ना भएको थियो । सो दुर्घटनाबाट मोटरसाईकल चालक मोरङ पथ्रिशनिश्चरे नगरपालिका ९ का २१ बर्षीय प्रवेश बयलकोटी घाईते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु …
पुरा पढ्नुहॊस »अजोड ईन्स्योरेन्सको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । अजोड ईन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरे छ । यस कम्पनीले २०७७ फाल्गुण मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारण भएको बन्दाबन्दी ९ीयअपमयधल० ले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७६÷०७७ मा कुल बीमाशुल्क रु.८८४,३१७,२१८।– (अक्षरेपि …
पुरा पढ्नुहॊस »बढ्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १ हजार ३ सयले बढेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १० रुपैयाँँले बढेर प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »भारतमा भयावह बन्दै कोरोना, एकैदिन थपिए झण्डै तीन लाख संक्रमित
काठमाडौं । भारतमा कोभिड-१९ को संक्रमण बढ्दै गएको छ । पछिल्लो दुई सातादेखि त्यहाँ संक्रमितको संख्या लगातार बढ्दै गएको हो । मंगलबार भारतमा झण्डैतीन लाख जना कोरोना संक्रमण पाइएको छ । भारतमा एकैदिन यति ठुलो संख्यामा नयाँ संक्रमित पाइएको यो पहिलो पटक हो । भारतमा मंगलबार २ लाख ९४ हजार २९० जनामा संक्रमण पाइएको हो । कोरोना संक्रमण सुरु भएयता भारतमा एकैदिन यति ठुलो संख्यामा कोरोना संक्रमित पाइएको यो पहिलोपटक भएको …
पुरा पढ्नुहॊस »काठमाडौंमा फेरि बढ्यो वायु प्रदूषण
काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहर बन्न पुगेको छ । केही दिन कम भएको वायु प्रदूषण फेरि बढेपछि काठमाडौं विश्वको प्रदूषित सहरमध्येकै एक नम्बरमा आइपुगेको हो । बुधबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १८० रहेको छ । दोस्रो स्थानमा भारतको दिल्ली रहेको छ । दिल्लीको एक्यूआई १७८ रहेको छ । तेस्रो स्थानको बंगलादेशको ढाकाको एक्यूआई १६२ रहेको छ । यसअघि वायुप्रदूषण उच्च भएपछि नेपाल सरकारले चार दिनसम्म विद्यालयहरु बन्द …
पुरा पढ्नुहॊस »आज रामनवमी पर्व मनाइँदै
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन बुधबार मर्यादा पुरुषोत्तम भगवान् रामको स्तुति तथा भजन गरेर रामनवमी मनाइँदैछ । त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा विष्णुको सातौं अवतार मानिने श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको बिस्वास गरिँदै आएको छ । यस वर्ष पनि कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले पशुपति रामघाटस्थित रामचन्द्र मन्दिर, कालमोचनघाटको राम मन्दिर जोगी अखडा, डिल्लीबजारको रामचन्द्र बहाल लगायत भगवान् …
पुरा पढ्नुहॊस »पश्चिमी वायुको प्रभाव, मेघगर्जन र हावाहुरी सहित यी स्थानमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य वदली बदली रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान बैशाख ८ गते (बुधबार) दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका धेरै र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको …
पुरा पढ्नुहॊस »