आज रामनवमी पर्व मनाइँदै

काठमाडौं ।  चैत्र शुक्ल नवमीका दिन बुधबार मर्यादा पुरुषोत्तम भगवान् रामको स्तुति तथा भजन गरेर रामनवमी मनाइँदैछ ।

त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा विष्णुको सातौं अवतार मानिने श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको बिस्वास गरिँदै आएको छ ।

यस वर्ष पनि कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले पशुपति रामघाटस्थित रामचन्द्र मन्दिर, कालमोचनघाटको राम मन्दिर जोगी अखडा, डिल्लीबजारको रामचन्द्र बहाल लगायत भगवान् रामका उपत्यकाका विभिन्न मन्दिररमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्नेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस