करेन्ट लागेर एकको मृत्यु

काठमाडौं ।भक्तपुर नगरपालिका-१ सल्लाघारीमा मंगलबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका-२ कुन्चोक घर भई हाल भक्तपुरको राधे राधे बस्ने २० वर्षीय संजीव भारतीको  प्रहरीले जनाएको छ ।

केवल लाईनको तार  चेक गर्दा एक्कासी करेन्ट लाग्न गई ६ तला माथीबाट भुईमा खसेर गम्भीर घाइते भएका भारतीको ईवामुरा मेमोरियल अस्पतालमा  उपचारकै क्रममा मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप