रश्मी

७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हाे । त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकबाट अब साना तथा मझौला व्यवसायीले एपिआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सक्ने

काठमाडौं । एनआईसी एशिया बैंकले साना तथा मझौला व्यवसायीहरूका एपिआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने नेपालको बैंकिङ्ग क्षेत्रमा नै पहिलो पटक अत्यन्तै प्रभावकारी ‘क्विक पे’ सेवाको सुरुवात गरेको छ । हस्पिटालिटी, ट्राभलरटुर्स, टेलिमेडिसिन, अनलाईन शिक्षा, साना तथा मझौला व्यवसाय जस्ता क्षेत्रमा आफ्नो व्यवसाय अगाडी बढाइरहेका व्यवसायीहरूलाई लक्षित गर्दै बैंकले सुरुवात गरेको यस ‘क्विक पे’ सेवामार्फत बिक्रेताले खरिदकर्तालाई भुक्तानी लिंक पठाई सरल एवं सुरक्षित रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् …

पुरा पढ्नुहॊस »

धरहरासँगै पुरिएकी प्रशंसा : जसका लागि भूकम्प भाग्य बनेर आयो !

काठमाडौं । स्याङ्जाबाट काठमाण्डौ घुम्न आएकी दिदीलाई डूलाउन धरहरा पुगेकी प्रशंसा श्रेष्ठलाई आफ्नो कहालीलाग्दो विगत कुनै खराब सपना झै लाग्छ । दिदीसँगै धरहराको नवौं तलामा पुगेर फलामको रेलिङमा हात परेकै बेलादेखि भूकम्पले पिङ झै हल्लाएको र क्षणभरमै दिदी गुमाई आफू पनि मृत्युको मुखमा पुगेको त्यो पल हरेक वर्षको भूकम्प दिवसको दिन ताजा बनेर आउँछ ।दिदीबहिनी रमाइलो गर्दै, जिस्किदै धरहराका सिढीहरु चढेको, नवौं तलामा पुगेर काठमाण्डौलाई नियालेको, मोवाइलबाट एकअर्काको फोटो खिचेको …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंककोे तेस्रो त्रयमासिक वित्तीय नतिजा सार्वजनिक

काठमाडौं । एन आई सी एशिया बैंकले चालू आ.व. २०७७/७८ को तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । COVID-19 को महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि यस बैंकले तेस्रो त्रयमाससम्ममा व्यवसार्यतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत तथा स्वदेशी …

पुरा पढ्नुहॊस »

रुपन्देहीमा वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा सिफारिश

बुटवल । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिश गरेको छ । उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निषेधाज्ञाको सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक गाईघाट शाखाद्वारा अटो चालकहरुलाई क्यूआर कोड वितरण

काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडको गाईघाट शाखाले सीटी सफारी यातायात प्रा।लि।बाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड वितरण गरेको छ । बैंकको गाईघाट शाखा कार्यालय परिसरभित्र आयोजित एक कार्यक्रमबीच बैंकको प्रदेश नं। १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरुलाई क्यूआर कोड वितरण गर गरे । कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंक, प्रदेश नं। १ का प्रमुख सापकोटाले क्यूआर कोडले छिटो, छरितो र सरल ढङ्गबाट नगद रहित कारोबार गर्नमा …

पुरा पढ्नुहॊस »

त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्‍वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ । कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भएको बताउँदै केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु वैशाख १४ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो ।

पुरा पढ्नुहॊस »

सानिमा बैंकद्वारा माइती नेपाललाई १० लाख सहयोग

काठमाडौं । सानिमा बैंक र माइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ । सो समझदारी पत्रमा माइती नेपालका संस्थापक अनुराधा कोइराला र बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरे । मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालको अभियानमा सहयोग पु¥याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । माइती …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड-१९ विरुद्ध आफ्ना अभिकर्ताहरुको बीमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ । नेपाल कम्पनीले मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई कोरोना बीमाको  दाबी भुक्तानी रकम जनही ५० हजार हस्तान्तरण गरेको हो । कम्पनीले साई बाबा रेमिट, चाबहिलका हरी कुमार श्रेष्ठ, अनलाइन सब रेमिट, काठमाडौंका दीपेन्द्र ढकाल, आनन्द मनी ट्रान्सफर, झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस, कास्कीका लीला भट्टराई, मध्यबिन्दु ट्रेड सेन्टर, …

पुरा पढ्नुहॊस »

एफ सि चितवनलाई डिशहोमको प्रायोजन

काठमाडौं ।बैशाख ११ गते देखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटवल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) मा सहभागी टिम एफ सि चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको छ । प्रबन्ध निर्देशक सुदिप आचार्य र एफ सि चितवनका अध्यक्ष सचिन ढकालले डिशहोमद्धारा एफ सि चितवनलाई प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । भरत खवास मार्कि प्लेयर रहेका एफ सि चितवनबाट सर्बियाका गोरेन जर्कोभिक, ईजिप्सियन खेलाडीद्घय एल सायेद शावन र अहमेद मोहमेद …

पुरा पढ्नुहॊस »