काठमाडौं । नेपाली बजारमा , सोमबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हाे । त्यस्तै तेजाबी सुन प्रति तोला ८९ हजार ९०० रुपैयाँ कामय भएको छ । चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ
पुरा पढ्नुहॊस »आगलागीमा परी घरभित्रै जलेर दम्पतीको मृत्यु
काठमाडौं ।रामेछापको उमाकुण्ड गाउंपालिका २ लहरेटोलमा सोमबार बिहान भएको आगलागीमा परी घर भित्रै जलेर दम्पतीको मृत्यु भएको छ । आगलागीमा परेर ७८ वर्षीय धनबहादुर कार्की र श्रीमती ६८ वर्षीया सीता कार्कीको मृत्यु भएको हो।
पुरा पढ्नुहॊस »एकैदिन ७ हजार १ सय ३७ मा कोरोना, २७ को मृत्यु
काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार १ सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार १ सय ३७ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ भने पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ८३ हजार ९९४ जना उपचारपछि निको …
पुरा पढ्नुहॊस »उपासना बनिन् बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा उपासना पौडेल नियुक्त भएकी छिन् । योसँगै पौडेल बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत बनेकी छिन् । ३४ वर्षकी पौडेल हालसम्मकै कम उमेरमा उक्त पदमा नियुक्त हुन सफल भएकी छिन् । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी यसअघि युनाइटेड इन्स्योरेन्स …
पुरा पढ्नुहॊस »नेप्से परिसूचकमा ५४ अंकको हरियाली
काठमाण्डाै । आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार नेप्से ५४ अङ्कले बढेर दुई हजार ६६५ दशमलव १० बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ७८ अङ्कले बढेर ४७७ दशमलव ८१ मा पुगेर रोकिएको छ । परिसूचकमा वृद्धि हुँदा कारोबार रकम समेत वृद्धि भएको छ । स्टकका अनुसार कुल २२६ कम्पनीका १ करोड ५५ लाख ९६ हजार …
पुरा पढ्नुहॊस »नेपाल स्टक एक्सचेन्ज रु रु जलविद्युत परियोजना लिमिटेडकाे साधारण सेयर सूचिकृत
काठमाडौ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा आइतबार रु रु जलविद्युत परियोजना लिमिटेडकाे साधारण सेयर सूचिकृत भएको छ । स्टक एक्सचेन्जका अनुसार कम्पनीकाे ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर IPO सूचिकृत भएको हो । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको पहिलो कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीकाे पहिलो कारोबार भोलि सोमबारबाट हुनेछ। कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि नेपाल स्टक एक्सचेन्ज …
पुरा पढ्नुहॊस »भारतमा भयावह बन्दै कोरोना: एकैदिन ३ लाख ९२ हजारभन्दा बढी संक्रमित
काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन भयावह बन्दै गएको छ । त्यहाँ विगत २४ घण्टामा ३ लाख ९२ हजार ५ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ३ हजार ६ सय ८८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १५ हजार ५ सय ४२ पुगेको कोभिड-१९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सले उल्लेख गरेको छ …
पुरा पढ्नुहॊस »मोरङको रतुवामाईमा मोटरसाईकल दुर्घटना एकको मृत्यु, दुई घाईते
मोरङ। मोरङको रतुवामाई नगरपालिका ९ आमबारी-उर्लाबारी सडक खण्डमा २ वटा मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जना मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आइतबार बिहान साढे १० बजे तिर उत्तर तर्फ जाँदै गरेको प्र.१-०२-०४१ प. २६६४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको प्र.१-०२-०४४ प.२६०९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । सो दुर्घटनामा गम्भिर घाईते भएका २६६४ नम्बरको मोटरसाईकल चालक रतुवामाई …
पुरा पढ्नुहॊस »निषेधाज्ञामा नर्भिकले निःशुल्क एम्बूलेन्स सेवा दिने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरुका लागि निःशुल्क एम्बूलेन्स सेवा संचालन गर्ने भएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नपरोस् भन्ने उद्देश्यले अस्पतालले गम्भीर अवस्थाका बिरामीका लागि निःशुल्क एम्बूलेन्स सेवा संचालनको घोषणा गरिएको हो । स्वास्थ्यमा गम्भीर समस्या भई इमेरजेन्सी अस्पताल भर्ना हुनुपर्ने बिरामीहरुलाई लिन अस्पतालले घरैसम्म निःशुल्क एम्बूलेन्स पठाइदिनेछ …
पुरा पढ्नुहॊस »Japan Money Express (JME)र जि.एम.इ रेमिटबीच सम्झौता
काठमाडौँ । जापानको ख्याति प्राप्त रेमिटान्स कम्पनी Japan Money Express (JME)र जि.एम.इ रेमिट प्रा.लि बीच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ । अब जापानमा रहनु भएका नेपालीहरुले Japan Money Express (JME)को सेवा प्रयोग गरी जि.एम.इ रेमिटको माध्यमबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिनेछ । नेपालमा जि.एम.इ रेमिट सँग आबद्ध १५,००० भन्दा बढी एजेन्टहरुबाट सजिलै नगद भुक्तानी लिन सकिनेछ र वर्षको ३६५ दिन नै JME मार्फत पठाएको …
पुरा पढ्नुहॊस »