सानिमा बैंकद्वारा माइती नेपाललाई १० लाख सहयोग

काठमाडौं । सानिमा बैंक र माइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ ।

सो समझदारी पत्रमा माइती नेपालका संस्थापक अनुराधा कोइराला र बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरे ।

मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालको अभियानमा सहयोग पु¥याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

माइती नेपालले करिब ३ दशक देखि महिला तथा बालबालिका बेचविखन विरुद्ध विभिन्न काम गर्दै आइरहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार …

प्रतिकृया दिनुहॊस