News desk

घट्यो हवाई भाडा, अब कुन रुटमा कति घट्यो ?

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर मूल्यमा १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायुसेवाको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढीको हवाई भाडामा ४४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाडौं सिमरा रुटमा ९० रुपैयाँ घटेको छ । नयाँ भाडा दर चैत्र २२ गतेदेखि लागु हुने संघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

उपनिर्वाचन : कहाँ कसले मार्ला बाजी ? यस्तो छ अंकगणित

काठमाडौँ । आगामी वैशाख १० गते चितवन, तनहुँ र बाराका तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा सोमबार विभिन्न दल र स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगका अनुसार बारा-२ मा जसपा, एमाले, जनमतसहितका दल तथा व्यक्ति गरी ३६ जना नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका मुख्य दलको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी …

पुरा पढ्नुहॊस »

ग्लोबल हाईड्रोपावर, मेगा क्यापिटल र एसबिआई मर्चेन्टबीच सम्झौता

काठमाडौँ । ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले निष्काशन गर्न लागेको साधारण सेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नको लागि मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच ग्लोबल हाईड्रोपावरका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ग्लोबल हाईड्रोपावरले ५८ करोड ६० लाख सेयर पूँजी …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंकले रेस्टुरेन्ट तथा श्रृंगारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले काठमाडौँको बुढानीलकण्ठमा अवस्थित मेराकी होलिस्टिक वेलनेस रिट्रिटका सेवाहरूमा अधिकतम १०%, बुटवल उपमहानगरपालिकास्थित अमरपथमा अवस्थित समृद्धि हेयर ड्रेसिङ सलून एण्ड एकेडेमीका …

पुरा पढ्नुहॊस »

नाबालिकालाई फेसबुकमा साथी बनाई भेट्न बोलाएर सामुहिक बलात्कार

काठमाडौँ । काठमाडौँमा नाबालिकामाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका–३ को एक गेष्ट हाउसमा सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा २१ वर्षीय आशिष तामाङ भन्ने निमा तामाङ र २१ वर्षीय कुशल श्रेष्ठ रहेका छन् । तामाङले ९८४८७७८०२१ नम्बर प्रयोग गरेर आशिष तामाङ नाम राखी नक्कली फेसबुक आईडी खोलेर पीडितलाई साथी बनाएका …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक धनगढी शाखाद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढी शाखाले आउदै गरेको १६ औं बार्षिकोत्सव लाई मध्यनजर गर्दै शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले गौरीगङ्गा नगरपालिका वडा नं ५ अण्डैया मा आयोजित शिविरमा करीब ३०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरेको छ । शिविरमा अत्तरिया अस्पतालका डा आनन्द पाठक, डा अनिश कुमार शाह, डा सीता बम …

पुरा पढ्नुहॊस »

डिशहोम १ वर्षको रिचार्जमा २ जनाले जिते १/१ लाख रुपैयाँ

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गरेर २ जनाले १/१ लाख रुपैयाँ जितेका छन्। देवका आचार्य र रत्नकला बुढाथोकीले जनही १ लाख रुपैयाँ जितेको कम्पनीले जनाएको छ। १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने कम्पनीले जनाएको छ। योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले डिलरदाइकहाँ गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन सकिन्छ। उनीहरुमध्ये हरेक हप्ता १ जना ग्राहकले लक्की ड्रमार्फत नगद १ लाख जित्ने अवसर पाउँछन्। …

पुरा पढ्नुहॊस »

तिलगंगा आँखा अस्पताललाई आँखा उपचारको हब बनाऔँ : सांसद साह

काठमाडौँ । राष्ट्रियसभाकी सांसद मदनकुमारी साह गरिमाले तिलगंगा आँखा अस्पताललाई अन्तराष्ट्रिय आँखा उपचारको हव बनाउने गरी आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् । मंगलबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सरकारले आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउइन् । बहराइन सरकारको मानवीय सेवाका लागि प्रदान गरिने इसा अवार्डबाट सम्मानित भएका तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुईतप्रति बधाई ज्ञापन गर्दै …

पुरा पढ्नुहॊस »

२०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै हुने प्रक्षेपण

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले नेपालको यो वर्षको आर्थिक वृद्धिदर अनुमान गत वर्षभन्दा संकुचित हुने बताएको छ । बैंकले सन् २०२३ मा ४.१ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक (एडीओ) को पछिल्लो संस्करणमा चालू वर्ष ४.१ प्रतिशत र आगामी वर्ष ५.० प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको हो । कडा मौद्रिक नीति, सुस्त घरेलु माग, कोभिड राहत फिर्ता …

पुरा पढ्नुहॊस »

बेइजिङ जाँदै परराष्ट्र सचिव पौडेल

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल चीन जाने भएका छन् । बेइजिङमा हुने नेपाल–चीन परराष्ट्र मन्त्रालयस्तरीय द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा भाग लिन पौड्याल चीन जाने मन्त्रालयले जनाएको छ । बेइजिङमा १५ औं द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्र बैठक चैत २४ मा हुँदैछ । बैठकमा नेपालबाट परराष्ट्र सचिव पौड्याल र चीनको विदेश मन्त्रालयका उपमन्त्री सुन वेइडोङ रहने छन् । बैठकले चीन र नेपालका परराष्ट्र मन्त्रालयबीच कूटनीतिक परामर्श गर्नेछ ।

पुरा पढ्नुहॊस »
This will auto close after