डिशहोम १ वर्षको रिचार्जमा २ जनाले जिते १/१ लाख रुपैयाँ

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गरेर २ जनाले १/१ लाख रुपैयाँ जितेका छन्। देवका आचार्य र रत्नकला बुढाथोकीले जनही १ लाख रुपैयाँ जितेको कम्पनीले जनाएको छ।

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने कम्पनीले जनाएको छ। योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले डिलरदाइकहाँ गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन सकिन्छ।

उनीहरुमध्ये हरेक हप्ता १ जना ग्राहकले लक्की ड्रमार्फत नगद १ लाख जित्ने अवसर पाउँछन्।

कम्पनीका अनुसार सैंजु इन्टरप्राइजअन्तर्गतका डिलर विजय स्टोर्स एन्ड सप्लायर्स दिक्तेल १ खोटाङका डिलर दाइबाट डिशहोमको वार्षिक रिचार्ज गरी स्किमअन्तर्गत उक्त नगद पुरस्कार प्राप्त गरेका हुन्।

डिश मिडियाबाट आरएसएम विपिन्द्र न्यौपाने, अफिसर विजय पन्थीको उपस्थितिमा खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन प्रसाद आचार्यबाट हस्तान्तरण गरिएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री