News desk

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको रिक्त स्थानहरुमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले तोकेअनुसार आज उपनिर्वाचन हुने तीन वटै क्षेत्रहरुमा उम्मेदवारी दर्ता हुने भएको हो । तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको उम्मेदवारी मनोनयका लागि बिहान १० बजेदिखि साँझ ५ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा भाग लिन दर्ता भएका …

पुरा पढ्नुहॊस »

पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । मंगलबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य …

पुरा पढ्नुहॊस »

उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उपसचिव वासुदेव तिमल्सिनासहित तीन जनाविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सर्लाहीको हरिपूर्वा-५ स्थित केश्वर गरिब जनता माविमा अध्यापनरत पाँचु रायलाई डिम जनता मावि परवानीपुरमा अनुदान कोटामा नियुक्त गराउने क्रममा भ्रष्टाचार गरेको आरोपसहित अख्तियार विशेष अदालत पुगेको हो । अख्तियारका सहसचिव भोला दाहालका अनुसार सर्लाहीका तत्कालीन उपजिल्ला शिक्षा अधिकारी वासुदेव तिमल्सिना, शिक्षकको …

पुरा पढ्नुहॊस »

साना तथा मझौला कम्पनीको शेयर निष्काशन नियमावली मस्यौदा तयार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’ को मस्यौदा तयार पारेको छ। बोर्डले नियमावलीको मस्यौदा सार्वजनिक गर्दै विभिन्न क्षेत्रबाट सुझाव मागेको छ। साना तथा मझौला लगानीका कम्पनीलाई पुँजीबजारमा आबद्ध गर्नका लागि कानुनी व्यवस्था गर्न नियमावली ल्याउन लागिएको बोर्डले जनाएको छ। नियमावलीको मस्यौदाअनुसार साना तथा मझौला संगठित संस्था धितोपत्र बोर्डमा दर्ता हुनका लागि त्यस्ता संस्थाको चुक्ता पुँजी बढीमा २५ करोड रुपैयाँसम्मको हुनेछ …

पुरा पढ्नुहॊस »

देशभर थप ३८ जनामा कोरोना संक्रमण, १९४ पुगे सक्रिय संक्रमित

काठमाडौं । थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ७०१ नमूना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८५ र एन्टीजेनबाट ५१६ नमुना परीक्षण गर्दा पीसीआरबाट ३७ र एन्टिजेनबाट १ को रिपोर्ट पोजिटिभ आएको हो । यो अवधिमा १४ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १९४ पुगेको …

पुरा पढ्नुहॊस »

नेशनल लाईफको नयाँ बोनस दर सार्वजनिक

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७८/७९ को बीमाङ्कीय प्रतिवेदनका आधारमा कम्पनीको मुनाफामा सरिक हुने गरी क्म्पनीले जारी गरेको तीन प्रकारका बीमालेखमा नयाँ बोनस दर निर्धारण गरेको हो । बीमालेख धारण गर्ने अवधिका आधारमा कम्पनीले प्रति हजार न्यूनतम ६३ रूपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो । कम्पनीले हाल सावधिक जीवन बीमालेख, सावधिक तथा आजीवन बीमालेख र …

पुरा पढ्नुहॊस »

मनकामना केबुलकार एक दिनका लागि बन्द हुने

काठमाडौँ । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार एक दिनका लागि बन्द हुने भएको छ । मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यका लागि मनकामनाले आगामी बुधबार एक दिनका लागि सेवा बन्द गर्ने भएको हो । केवुलकार टावरको मर्मत सम्भार सकिए लगत्तै यहि चैत्र २३ गते बिहीबारबाट सेवा नियमित सुचारु हुने कम्पनीले जनाएको छ । उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहने बताइएको छ । कम्पनीले मनकामना केवलकारलाई …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकले सातै प्रदेशमा मनायो ‘ग्लोबल मनी विक’

काठमाडाैं । हिमालयन बैंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गर्दै यो वर्षको ग्लोबल मनी विक मनाएको छ।  राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बैंकले चैत ६ देखि १२ गतेसम्म सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गरेको जनाएको छ। सो  वित्तीय साक्षरता कार्यक्रम बैंकको प्रादेशिक कार्यालय र ती प्रदेशभित्रका बैंकका २४ वटा शाखा कार्यालयहरुले प्रादेशिक कार्यालयको समन्वयमा आयोजना गरिएको थियो। बैंकको यस कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरु, अभिभावकहरु, शिक्षकहरु, सामाजिक कार्यकर्ताहरु, व्यवसायीहरु, बैंकका ग्राहकवर्गहरुलगायत सो …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले १२.९९% व्याजदरमा आवास र व्यवसायिक कर्जा दिने

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ बर्षको अवसर पारेर घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी व्यवसायिक कर्जा अन्तर्गत सुलभ व्याजदरमा कर्जा योजना ल्याएको छ । बैंकले दुवै कर्जा योजनामा ऋणिका लागि १२.९९% को आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथै नयाँ बर्षको अवसरमा कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने छ । महिला सशक्तिकरणमा जोड दिँदै बैंकले घरधनी …

पुरा पढ्नुहॊस »

रविमाथि राहदानी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरिएको छ । सिन्धुलीका युवराज पौडैल ‘सफल’ले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गरेका हुन् । उनी अधिवक्तासमेत हुन् । रिट दर्ता गर्ने/नगर्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । रिटको पूर्णपाठ …

पुरा पढ्नुहॊस »