बेइजिङ जाँदै परराष्ट्र सचिव पौडेल

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल चीन जाने भएका छन् । बेइजिङमा हुने नेपाल–चीन परराष्ट्र मन्त्रालयस्तरीय द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा भाग लिन पौड्याल चीन जाने मन्त्रालयले जनाएको छ ।

बेइजिङमा १५ औं द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्र बैठक चैत २४ मा हुँदैछ । बैठकमा नेपालबाट परराष्ट्र सचिव पौड्याल र चीनको विदेश मन्त्रालयका उपमन्त्री सुन वेइडोङ रहने छन् । बैठकले चीन र नेपालका परराष्ट्र मन्त्रालयबीच कूटनीतिक परामर्श गर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री