News desk

करेन्टले मृत्यु भएकी बालिकाको परिवारलाई तरुण दलले गर्‍यो १ लाख सहयोग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको एक परिवारलाई एक लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । जुगल गाउँपालिका–३ मा करेन्ट लागेर मृत्यु भएकी १४ वर्षीया बालिका नोर्ची वाङ्मु लामाको परिवारलाई तरुण दलले १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको हो। नोर्चीको परिवारलाई तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष सञ्जय लामाले आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

पुरा पढ्नुहॊस »

केन्द्र सरकार फेरिरहँदा काम गर्न अप्ठ्यारो भयो : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्र सरकार फेरिरहँदा काम गर्न असजिलो भएको बताएका छन् । न्यायीक समितिको राष्ट्रिय सम्मेलन् उद्घाटन अवसरमा बोल्दै साहले सरकार कम्तीमा केहि समय टिकिदिए काम गर्न सजिलो हने बताएका हुन् । शाहले भने, ‘सरकार कम्तीमा केहि समय टिकिदिए काम गर्न सजिलो हुन्छ । समन्वय गर्न सजिलो हुन्थ्यो । हामी बागमती सभ्यता जोगाउन खोज्दैछौं । नदीको अधिकार त सुनिश्चित गरिदिनु प¥यो । पहिले नदिनाला जोगाऔं …

पुरा पढ्नुहॊस »

न्यायिक समितिकाे सम्मेलनमा प्रचण्डले भने- सरकार पूरै कार्यकाल टिक्छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पुरै कार्यकाल टिक्ने दाबी गरेका छन् । आजदेखि काठमाडौँमा सुरु न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोन गर्दै उनले यस्तो बताएका हुन् । सम्मेलनमा सम्बोधन गर्दै काठमाडौँका मेयर बालेन्द्र साहले सरकार पूरै कार्यकाल टिके स्थानीय तहलाई काम गर्न सहज हुने बताएका थिए । मेयर साहले उठाएको सवालको जफास स्वरुप प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले अब सरकार स्थिर हुने बताउँदै निर्वाचनपछि लगातार …

पुरा पढ्नुहॊस »

माओवादी त्यागेर जनमतमा प्रवेश गरे डा. शिवचन्द्र कुशवाहा

काठमाडौँ । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी(जसपा)का रामसहायप्रसाद यादवका निकटम प्रतिद्वन्द्वी रहेका नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । नेता कुशवाहाले केहीबेरअघि रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी आफू सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको जानकारी गराएका हुन् । बारा २ बाट निर्वाचित जसपाका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उक्त स्थानको सांसद पद रिक्त भएको छ । उक्त स्थानमा १० वैशाखमा …

पुरा पढ्नुहॊस »

स्किलको निःशुल्क प्राविधिक परामर्श सेवा

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माणसम्बन्धी एकदिवसीय निःशुल्क प्राविधिक परामर्श सेवा दिने भएको छ । शनिबार दिउँसो १२ बजे स्किल सेवा प्रालिको प्रधान कार्यालय बबरमहल काठमाडौंमा प्राविधिक परामर्श सेवा दिने भएको हो । घर निर्माणमात्र नभई समस्यारहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्नेबारेमा विशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ । पछिल्लो समय घर निर्माण गर्नु हाम्रो सपना, मान-सम्मान, प्रतिष्ठा र शौखको विषय बनेको कम्पनीका प्रबन्धक रमेश तिमिल्सिनाको …

पुरा पढ्नुहॊस »

‘कामिनो’ मा वर्षा, नीति, सौगातदेखि भोलासम्म

काठमाडौं । चलचित्र ‘कामिनो’को कलाकार चयन कार्य समापन भएको छ । दीपक ओलीको निर्देशनमा निर्माण हुने चलचित्रमा केही समयअघि प्रदीप खड्का, वर्षा शिवाकोटी, नीति शाह हुँदै राजबल्लभ कोइराला अनि शुक्रबारमात्रै अर्का अभिनेता सौगात मल्ल अनुबन्धित हुनुभएको थियो । निर्माण पक्षले ‘कामिनो’मा भोलाराज सापकोटा, प्रविण खतिवडा, रविन्द्र झा, कुलदीप अधिकारी र आइपी आचार्यलाई अनुबन्ध गरेसँगै नेपाली कलाकारको ‘लाइन अप’ पूरा भएको जनाएको छ । एक्सेस नेपाल फिल्मस्को निर्माण, पूर्ण लामा कृएटिभ …

पुरा पढ्नुहॊस »

स्प्यारोका सिइओ थापा पुरस्कृत

काठमाडौं । जानकी टेक्नोलोजी, स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापा(सिइओ)लाई जालन्धरको लभ्ली प्रोफेसनल युनिभर्सिटी(एलपियु)मा व्यावसायिक उत्कृष्टता पुरस्कार प्रदान गरिएको छ । पुरस्कार आमआदमी पार्टी (आप) भारतका राज्यसभा सांसद अशोक मित्तल र एलपियुका कुलपति रश्मी मित्तलले प्रदान गर्नुभएको हो । व्यावसायिक उत्कृष्टता पुरस्कारले आफ्नो क्षेत्रमा असाधारण योगदान पुर्‍याएका व्यक्तिलाई मान्यता दिन्छ । थापालाई प्राविधिक तथा दूरसञ्चारको व्यावसायिक उत्कृष्टताका लागि सम्मान गरिएको हो । थापाले सन् २०१५ मा एलपियुबाट मास्टर अफ …

पुरा पढ्नुहॊस »

सहकारी महासंघविरुद्धको रिले अनसन स्थगित

काठमाडौं । सहकारी बचाऔँ राष्ट्रिय अभियानले राष्ट्रिय सहकारी महासंघविरुद्ध सुरु गरेको आन्दोलन स्थगित गरेको छ । तरलता अभावलगायतका समस्यालाई महासंघले सामूहिक समस्याका रूपमा स्वीकार नगरेको भन्दै अभियानले सोमबारदेखि रिले अनसन सुरु गरेको थियो । अभियानले फागुन २ गते महासंघमा बुझाएको १३ बुँदे ज्ञापनपत्रको माग सम्बोधन नभएको भन्दै पूर्वनिर्धारित कार्यक्रमअनुसार रिले अनसन सुरु गरेकोमा महासंघको आग्रहमा स्थगित गरिएको अभियानका संयोजक विपिन शर्माले हिमालय टाइम्सलाई बताउनुभयो । यही चैत २३ देखि २४ …

पुरा पढ्नुहॊस »

घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु

काठमाडौँ । रौतहटको ईशनाथ नगरपालिका–६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ । मंगलबार राति आगलागी हुँदा सुतिरहेकी मोजिबुल रहमानकी छोरी ११ वर्षीया रजिया खातुनको मृत्यु भएको हो । ती बालिका सुतेका कारण आगलागी भएको थाहा पाउन नसकेको र भाग्न नपाएकाले जलेर मृत्यु भएको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार बालिकाको जलेको शरीर भेटिएको र आगलागीबाट घरपालुवा जनावर र लाखौँको धनमाल जलेर नष्ट भएको छ ।

पुरा पढ्नुहॊस »

भारतमा भीरमा खसेर नेपाली मजदुरको मृत्यु

काठमाडौँ । भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गतको छिरकिलामा मजदुरी गर्न पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ । सोमबार मजदुरी गर्ने क्रममा भीरमा खसेर बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–६ का ३० वर्षीय कालुराम ओडको मृत्यु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मजदुरीका क्रममा मृत्यु भएका नेपाली कामदारको धारचुलास्थित चिकित्सालयमा शवको पोस्टमार्टम गरी शव मंगलबार बैतडी पठाइएको छ । मजदुरीका क्रममा मृत्यु …

पुरा पढ्नुहॊस »