News desk

नक्कली शरणार्थी प्रकरणका आरोपीतलाई कांग्रेसले संरक्षण गर्‍याे : ज्ञवाली

पोखरा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा कांग्रेसले आरोपीत बचाउन लागेको आरोप लगाएका छन् । प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा उनले एमालेले आरोपीमाथि कारबाहीको माग गरेपनि कांग्रेसले जोगाउन खोजेको बताएका हुन् । `शरणार्थी प्रकरणमा जोडिएकालाई एमालेले कारबाही गरेको छ । कांग्रेसले कारबाहीको सट्टा संरक्षण गरेको देखियो,´ उनले भने । ज्ञवालीले प्रमाणमा दोषीजति सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् । `जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि कारबाही …

पुरा पढ्नुहॊस »

क्यान्टोनमेन्टको छानबिनमा दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकुलाई दिइएको रकममा अनियमितता भएको आरोप सिद्ध भए जेल जान तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले माओवादीका तत्कालीन लडाकुलाई दिइएको रकममा अनियमितता भएको विषय छानबिन गर्न तयार हुनुहुन्छ भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘क्यान्टोनमेन्टको कुरा कपोलकल्पित छ । फेरि पनि छानबिन गरेर दोषी ठहरिए म जेल जान तयार छु …

पुरा पढ्नुहॊस »

नक्कली शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष शमशेर मिया पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हज समितिका अध्यक्ष शमशेर मियालाई पक्राउ गरेको छ । उनलाई ऊर्जा मन्त्रालय परिसरबाट प्रहरीले पक्राउ गरेको हो । अध्यक्ष मियाले प्रयोग गर्ने गाडी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न विचौलियाले प्रयोग गरेका थिए । नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान तयारहरुबाट उठाइएको रकम ओसारपसारमा मियाको गाडी प्रयोग भएको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

पुरा पढ्नुहॊस »

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर तोलाको १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलाको १ लाख १० हजारमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन तोलाको १ लाख नौ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज तोलाको …

पुरा पढ्नुहॊस »

काठमाडौंमा प्रदर्शन गर्दै एकीकृत समाजवादी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो ३ बजे माइतीघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो । बुधबार पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।  

पुरा पढ्नुहॊस »

भारतीयलाई नागरिकता दिने अधिकृतसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ । भारतीयलाई नेपाली नागरिकता दिने अधिकृतसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोर कुमार रामसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । प्रशासकीय अधिकृत रामसहित चार कर्मचारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक महेन्द्र प्रसाद चौधरीसहित तीन प्रहरी, राजविराज नगरपालिका ११ का वडाध्यक्ष उदित नारायण यादव, वडा सचिव हरिनारायण यादवसहित २६ जनामाथि जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भएको हो …

पुरा पढ्नुहॊस »

गो एयरद्वारा मे २६ सम्मका सबै उडान रद्द

काठमाडाैँ । भारतीय गो फस्र्ट एयरलाइन्स (गोएयर)ले मे २६ सम्मका लागि सबै उडान रद्द गरेको छ । यसअघि एयरलाइन्सले मे १९ सम्मका लागि उडान रद्द गरेको थियो । “सन् २०२३ को मे २६ तारिखसम्म का लागि तय गरिएको गो फस्र्ट उडानहरु रद्द गरिएको छ । यसका लागि कम्पनीले खेद प्रकट गर्दछ । गो फस्र्टले भनेको छ, “उडान रद्द हुँदा भएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं । एयरलाइन्सले चाँडै नै भुक्तानीको …

पुरा पढ्नुहॊस »

रविले मागे सचिवालय अधिकृत, के हो योग्यता र छनौट प्रक्रिया ? (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् संसदीय दलका नेता रवि लामिछानेको सचिवालयले कर्मचारी माग गरेको छ । रास्वपाले सूचना जारी गर्दै सचिवालयको निम्ति ‘सचिवालय अधिकृत’ माग गरेको हो । इच्छुक युवालाई सात दिनभित्र व्यक्तिगत विवरणसहित आवेदन दिन भनेको छ । मान्यताप्राप्त विश्वविद्यालयबाट कानुन, राजनीतिशास्त्र, जनप्रशासन वा पत्रकारिता विषयमा स्नातक गरेकाले आवेदन दिन सक्नेछन् । समसामयिक राजनीतिक विषयमा जानकार, सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञान, सीप र दक्षता भएको, कानुनी अध्ययन …

पुरा पढ्नुहॊस »

न्याम्सको निमित्त उपकूलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकूलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन् । स्वास्थ्य तथा जनससंख्या मन्त्री तथा न्याम्सका कूलपति मोहनबहादुर बस्नेतले अर्को व्यवस्था नभएसम्मका लागि डा. बस्नेतलाई उपकूलपतिको जिम्मेवारी दिएका हुन् । डा. बस्नेत यसअघि वीर अस्पतालको निर्देशक थिए ।

पुरा पढ्नुहॊस »

नक्कली शरणार्थी प्रकरणमा पाँच कसुर आकर्षित

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्मको अनुसन्धान ‘संगठित अपराधसम्बन्धी’कसुरमा गरिरहेको छ । सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रूपमा ठगी गिरोह सञ्चालित रहेको पाएपछि संगठित अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति मागेको थियो । अदालतले सहमति दिएपछि हालसम्मको अनुसन्धान संगठित अपराधकै सन्दर्भमा भइरहेको छ । अनुसन्धानमा खुल्दै गएका तथ्यका आधारमा यो प्रकरण अब ठगीसम्बन्धी कसुर र संगठित अपराधमा मात्रै सीमित हुने …

पुरा पढ्नुहॊस »