News desk

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

काठमाडौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना …

पुरा पढ्नुहॊस »

बजेटमा कस्ता-कस्ता योजना समेटिए ? (पूर्णपाठ)

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ मा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य तय गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य घोषणा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशतको तय गरिएको बताएका हुन् । चालु आर्थिक वर्षमा सरकाले ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य तय गरेकोमा २.१६ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।

पुरा पढ्नुहॊस »

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट, चालु आवकोभन्दा अर्ब कम

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले …

पुरा पढ्नुहॊस »

स्वरोजगार बन्न चाहने खेलाडीलाई स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/०८१ लाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षका रूपमा मनाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । उनले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरेको बताएका हुन् ।

पुरा पढ्नुहॊस »

सबै केन्द्र मातहातमा रहेका अस्पतालबाट मिर्गौला प्रत्यारोपण हुने

काठमाडौँ । सबै केन्द्र मातहातमा रहेका अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध हुने भएको छ । २०८०/८१को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताएका हुन् । यस्तै सरकारले क्यान्सर, मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिस गराइरहेका, पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्च लागि मासिक ५ हजार सहयोगलाई निरन्तरता दिएको छ । सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पताललाई तीन सय शय्यामा विस्तार गर्ने जनाएको छ । यसका लागि ४६ करोड …

पुरा पढ्नुहॊस »

जुनसुकै विषय पढेका व्यक्तिहरुले शिक्षक लाइसेन्सको परीक्षा दिन पाउने

काठमाडौँ । जुनसुकै विषय पढेका व्यक्तिहरुले शिक्षक लाइसेन्सको परीक्षा दिन पाउने भएका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो व्यवस्था मिलाएको बताए । यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा लिन पाउँथे । यस्तै, खुला प्रतिस्पर्धाबाट प्रधानान्याधापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने सरकारले जनाएको छ ।

पुरा पढ्नुहॊस »

शिक्षामा १ खर्ब ९७ अर्ब २९ करोड बजेट, पत्रु खाना दिन नपाउने

काठमाडौँ । सरकारले वितरण गर्दै आएका विद्यालय खाजामा अब पत्रु जङ्क खाजा वितरण गर्न नपाउने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । यस्तै, शिक्षा मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजित भएको छ । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा बढी हो ।

पुरा पढ्नुहॊस »

जग्गाको कित्ताकाट फुकुवा, वैज्ञानिक मूल्यांकन प्रणाली लागु

काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । सोमवार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दैअर्थमन्त्री डा प्रकाश शरण महतले यस्तो जानकारी दिएका हुन् । घरजग्गाको बिक्रि मूल्यलाई यथार्थपरक बनाउन महानगर पालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागु गरिने उनले बताए । यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्षसम्म कुल ग्राहस्थ उत्पादन जीडीपीमा २४.७ प्रतिशत रहेको …

पुरा पढ्नुहॊस »

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

काठमाडौँ । सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा उत्पादन गर्ने भएको छ । यसका लागि गाँजा खेतीको सम्भाव्यताबारे अध्ययन गरिने नीति सरकारले नयाँ आर्थिक वर्षको बजेटमा ल्याएको छ । औषधीय गुण रहेको र कपडा तथा कागजसमेत उत्पादन गर्न सकिने गाँजाको खेती गर्ने नीति ल्याउन नेपालमा विभिन्न दलका नेता तथा सांसदले आवाज उठाउँदै आएका थिए ।  

पुरा पढ्नुहॊस »

सबै प्रकारका प्रोत्साहन भत्ता खारेज, गाडी सुविधाको सट्टा नगद

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको छ । सोमबार सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएको हो । सरकारको तर्फबाट अर्थमन्त्री डा। प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यो व्यवस्था हटाइने भएको छ । अर्थमन्त्री महतले नयाँ गाडी, फर्निचर तथा फर्निसिङ खरिद नगर्ने बताए । गाडीको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डको …

पुरा पढ्नुहॊस »
This will auto close after