नक्कली शरणार्थी प्रकरणका आरोपीतलाई कांग्रेसले संरक्षण गर्‍याे : ज्ञवाली

पोखरा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा कांग्रेसले आरोपीत बचाउन लागेको आरोप लगाएका छन् । प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा उनले एमालेले आरोपीमाथि कारबाहीको माग गरेपनि कांग्रेसले जोगाउन खोजेको बताएका हुन् ।

`शरणार्थी प्रकरणमा जोडिएकालाई एमालेले कारबाही गरेको छ । कांग्रेसले कारबाहीको सट्टा संरक्षण गरेको देखियो,´ उनले भने । ज्ञवालीले प्रमाणमा दोषीजति सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् । `जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि कारबाही हुनुपर्छ,´ उनले भने ।

अर्को प्रशंगमा उनले एमाले म्याराथनमा दौडिरहेकाले कहिलै पछाडि नपर्ने बताए । उपनिर्वाचिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मत परिणामबारे ज्ञवालीले भने, ‘पानीदार घोडाको परीक्षा लामो दौडमा हुन्छ भन्छन् । हामी म्याराथनमा छौँ । सय मिटर दौडको रेसमा होइन ।’

उनले सय मिटरमा दौड हार्नेले म्याराथन जित्ने उनको दाबी छ । तनहुँ, चितवन र बाराको उपचुनावमा एमालेको पराजयलाई उनले सय मिटरको दौडसँग तुलना गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई गम्भिरतापूर्वक हेरेपनि नझस्किएको उनको दाबी छ । ज्ञवालीले असन्तृष्टी क्यास गरे जस्तो राजनीतिमा दीर्घकालसम्म टिक्न सहज नभएको तर्क गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर मृत भेटिए

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको तीन दिन दिनपछि सिनियर डिभिजनल इन्जिनियर …

प्रतिकृया दिनुहॊस