रविले मागे सचिवालय अधिकृत, के हो योग्यता र छनौट प्रक्रिया ? (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् संसदीय दलका नेता रवि लामिछानेको सचिवालयले कर्मचारी माग गरेको छ । रास्वपाले सूचना जारी गर्दै सचिवालयको निम्ति ‘सचिवालय अधिकृत’ माग गरेको हो ।

इच्छुक युवालाई सात दिनभित्र व्यक्तिगत विवरणसहित आवेदन दिन भनेको छ । मान्यताप्राप्त विश्वविद्यालयबाट कानुन, राजनीतिशास्त्र, जनप्रशासन वा पत्रकारिता विषयमा स्नातक गरेकाले आवेदन दिन सक्नेछन् ।

समसामयिक राजनीतिक विषयमा जानकार, सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञान, सीप र दक्षता भएको, कानुनी अध्ययन र अनुसन्धानमा रुचि राख्ने, नेपाली र अङ्ग्रेजी भाषामा अब्बल, विषम परिस्थितिमा समेत काम गर्न सक्ने, इमानदारिता, सदाचारिता, जिम्मेवारीपन भएको, नेपाली टाइप गर्न सक्ने र कम्तीमा १० वर्षको कार्य अनुभव भएकोलगायत योग्यता तोकिएको छ ।

निर्धारित समयभित्र आएका आवेदनहरूमध्ये प्रारम्भिक छनौटमा परेका आवेदकलाई मात्र लिखित परीक्षामा सामेल गराइने स्पष्ट पारिएको छ । लोकसेवा आयोगले झैँ लिखित, मौखिक र प्रयोगात्मक परीक्षामा सामेल भएका उम्मेदवारलाई उत्कृष्टताको आधारमा छनौट गरिने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस