काठमाडौँ । भारतीयलाई नेपाली नागरिकता दिने अधिकृतसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोर कुमार रामसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
प्रशासकीय अधिकृत रामसहित चार कर्मचारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक महेन्द्र प्रसाद चौधरीसहित तीन प्रहरी, राजविराज नगरपालिका ११ का वडाध्यक्ष उदित नारायण यादव, वडा सचिव हरिनारायण यादवसहित २६ जनामाथि जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भएको हो ।
झुटो विवरणको आधारमा भारतीय नागरिक सतिश यादवले २१ फागुन ०७९ मा नेपाली नागरिकता लिएका थिए । राजविराजमा बस्दै आएका उनी राजविराज नगरपालिका ११ का सूर्यनारायण यादवका नाति हुन् । तर छोरा बनाएर झुटो विवरणको आधारमा सतिशलाई नागरिकता बनाएको थियो ।
तपाईंको प्रतिकृया




