News desk

सोमबार बढेको नेप्सेमा मंगलबार गिरावट

काठमाडौँ । सोमबार झिनो अंकले बढेको नेप्सेमामंगलबार गिरावट आएको छ । मंगलबार कारोबार बन्द हुदा नेप्से १४.२९ अंकले घटेर १ हजार ८६४.४० अंकमा रोकिएको छ । सोमबार नेप्से ३.०४ अंकले बढेको थियो । आज २५ हजार ६२५ कारोबारबाट २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच भएको छ भने ५७ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कारोबारमा आएकामध्ये १९३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने …

पुरा पढ्नुहॊस »

आईसीसी टी-२० विश्वकप एसिया छनोट : नेपाललाई मलेसियाले दियो १६६ रनको लक्ष्य

काठमाडौँ । टी–२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो । मलेसियाले पावर प्लेमा १ विकेटको क्षतिमा ६० रन जोडेको थियो। त्यसपछि भने नेपालले मलेसियाको रन रोक्ने कोशिस गरेको थियो। अभिनास बोहराले नेपालका लागि पहिलो विकेट ५.५ ओभमरा लिए। उनले मलेसियाका ओपनिङ ब्याट्सम्यान जुबाइदी जुल्किफीलाई २४ रनमा कुशल …

पुरा पढ्नुहॊस »

प्रिन्सिपल रूपेशको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट

काठमाडौँ । बाराको कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्या विहेत्तर सम्बन्धका कारण भएको प्रहरीले बताएको छ । बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विहेत्तर सम्बन्धका कारण सर्राफमाथि गोली प्रहार भएको हो । विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरूषसँग पनि रिलेसनसीपमा रहेको खुलेको एसपी काफ्लेले बताए । सोमबार दिनदहाडै रुपेशलाई गोली हानी गरिएको हत्याको घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । प्रहरीको प्रारम्भिक …

पुरा पढ्नुहॊस »

नेपालमा सबैभन्दा बढी एक तले घर, १० तले भन्दा बढी कति ?

काठमाडौं । नेपालमा रहेका करीब ६० प्रतिशत घर एकतले रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशभरका ७५ लाख ५२ हजार ६६ घरमध्ये ५९‍.८२ प्रतिशत घर एकतले छन् । दुईतले घर भने २८‍.७८ प्रतिशत छन् ।

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंकले यसरी मनायो १९औँ वार्षिकोत्सव

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले सोमबार बिहान काठमाडौँको टुँडालदेवी मन्दिर परिसरको सरसफाइ गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । यस सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरू तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागिता रहेको थियो । मन्दिर परिसरको सरसफाइ पश्चात् बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौँकै प्राङ्गणमा एक कार्यक्रम आयोजनामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आँखा अस्पताललाई दुई …

पुरा पढ्नुहॊस »

चर्चामा दूतराजको ‘रिमै…’ (भिडियो)

काठमाडौं । ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘मन भुल्छ’, ‘जुन माया’ जस्ता गीत हिट गीत श्रोता/दर्शकमाझ पस्किनुभएका गायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो गीत ‘रिमै…’ चर्चामा छ । यो गीतले युट्युबमा २८ लाख बढी भ्युज पाएको छ भने टिकटकमा त्यतिकै रुचाइएको छ । प्रकाशलाई ‘रिमै…’मा मेलिना राईले स्वरमा साथ दिनुभएको छ । मेलिनासँग प्रकाशको यो दोस्रो सहकार्य हो । यसअघि उहाँहरूको ‘जुन माया’ आएको थियो । …

पुरा पढ्नुहॊस »

एमडिएमएस दर्ताबिनाका फोन ब्लक गर्ने तयारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयन सुरु गरेको छ । सोही क्रममा प्राधिकरणले गत महिना एक सूचना जारी गर्दै १५ दिनभित्र एमडिएमएसमा दर्ता नभएका फोन दर्ता गर्न आग्रह गरेको थियो । १५ दिनभित्र एमडिएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाइल हृयान्डसेटमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने प्राधिकरणले चेतावनीसमेत दिएको छ । प्राधिकरणले हालै नेपाल भित्रिएको आइफोन १५ सिरिजकै हजारौँ फोन एमडिएमएसमा दर्ताबिना नै चलिरहेको बताएको …

पुरा पढ्नुहॊस »

सानिमा बैंकको आपत्ति

काठमाडौं । विगत केही समयदेखि केही अनलाइन सञ्चारमाध्यममा बैंकका अध्यक्षको फोटोसमेत राखी बैंकबाट प्रवाह भएको कर्जाबारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएको भन्दै सानिमा बैंकले आपत्ति जनाएको छ । उल्लेखित समाचारमा सत्यता नभएको भन्दै बैंकका सेयरधनी, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणलाई बैंकले जानकारी गराएको छ । बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनहरूको पालना गर्दै आएको साथै संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैंकिङ व्यवसाय गर्दै …

पुरा पढ्नुहॊस »

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला पाँच सय रुपैयाँ नै घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँ र तेजाबी …

पुरा पढ्नुहॊस »

कौशलटारमा सञ्चालित जुवाखालमा प्रहरीले छापा मार्‍यो

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ स्थित कौशलटारमा सञ्चालित जुवाखालमा प्रहरीले छापा मारेको छ । कौशलटार बस्दै आएका इन्द्रबहादुर श्रेष्ठको टहरामा सञ्चालित जुवा खालमा छापा मारेर १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए । पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर घर भएका कुमार बराल, दोलखा घर भएका बाबुराम खड्का, काभ्रे घर भएका बुद्धिलाल स्याङतान र मध्यपुर थिमी घर भएका ३० वर्षीय राम गोपाल कुटु सहित १५ जना …

पुरा पढ्नुहॊस »