चर्चामा दूतराजको ‘रिमै…’ (भिडियो)

काठमाडौं । ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘मन भुल्छ’, ‘जुन माया’ जस्ता गीत हिट गीत श्रोता/दर्शकमाझ पस्किनुभएका गायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो गीत ‘रिमै…’ चर्चामा छ । यो गीतले युट्युबमा २८ लाख बढी भ्युज पाएको छ भने टिकटकमा त्यतिकै रुचाइएको छ । प्रकाशलाई ‘रिमै…’मा मेलिना राईले स्वरमा साथ दिनुभएको छ । मेलिनासँग प्रकाशको यो दोस्रो सहकार्य हो ।

यसअघि उहाँहरूको ‘जुन माया’ आएको थियो । ‘रिमै…’ गीतको भिडियोमा राउटे समुदायको विषय वस्तुलाई प्रकाशले उठान गर्नुभएको छ । प्रकाशकै शब्द/संगीत रहेको गीतमा बि.बि.अनुरागीको एरेन्ज छ ।

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन, अनिल के.मानन्धरको छायांकन र नवीन घर्तीमगरले सम्पादन गरेको भिडियोमा प्रकाश आफैं र केपिना गोतामेको अभिनय छ ।

यो गीतलाई नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रशंसा गर्नुभएको थियो । सामाजिक सञ्जाल फेसबुकमा गीतको टिकटक भिडियो शेयर गर्दै उहाँले दशैँमा सुनेको मीठो गीत भन्नुभएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस