सानिमा बैंकको आपत्ति

काठमाडौं । विगत केही समयदेखि केही अनलाइन सञ्चारमाध्यममा बैंकका अध्यक्षको फोटोसमेत राखी बैंकबाट प्रवाह भएको कर्जाबारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएको भन्दै सानिमा बैंकले आपत्ति जनाएको छ ।

उल्लेखित समाचारमा सत्यता नभएको भन्दै बैंकका सेयरधनी, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणलाई बैंकले जानकारी गराएको छ । बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनहरूको पालना गर्दै आएको साथै संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैंकिङ व्यवसाय गर्दै आएको सानिमा बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै बैंकले भ्रामक गतिविधिविरुद्ध कानुनी कारबाहीको प्रक्रियासमेत अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस