News desk

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकबाट साझा धारणा बनाउनु पर्छ : नेता महर

काठमाडौं । मुलुकमा विद्यमान समस्याको निकासका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेर साझा एजेण्डा तय गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको धारणा छ। आज काठमाडौंको नयाँ बानेश्वरमा शिक्षक संघसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर अहिलेको परिस्थितिबाट मुलुकलाई कसरी निकास दिने भन्ने विषयमा छलफल गर्नुपर्ने बताए। ‘सांसदले संसदमा उठाउने कुरा पार्टीलाई जानकारी नै नहुने हो भने …

पुरा पढ्नुहॊस »

कुमारी बैंकद्वारा ५४ सय सहभागिहरुलाई वित्तिय साक्षरता प्रदान

काठमाडौँ । ग्लोबल मनी विकको अवसरमा कुमारी बैंक लिमिटेडले देशभरका ५४ सय सहभागिहरुलाई वित्तिय साक्षरता प्रदान गरेको छ । ‘Protect your money, secure your future’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक २०२४’ बाह्रौँं संस्करणमा कुमारी बैंकले अत्यन्तै प्रभावकारि तरिकाले सहभागिता जनाएको हो । वित्तिय साक्षरताको अभावमा अनौपचारिक वित्तिय संयन्त्रका विसंगतीका शिकार हुनु पुगेका वा हुनसक्ने सम्पुर्ण समुदायहरुमा वित्तिय ज्ञानको सम्प्रेषण गर्दै वित्तिय कलामा सुधार ल्याई अब्बल वित्तिय मनोबृद्धि प्रर्वद्धन मार्फत …

पुरा पढ्नुहॊस »

लक्ष्मी सनराइज बैंकद्वारा लैङ्गिक समानता र महिला सशक्तीकरणबारे कार्यक्रम सम्पन्न

काठमाडौँ। लक्ष्मी सनराइज बैंकले कार्यस्थलमा समावेशी, समानता र सशक्तीकरणको संस्कृतिलाई प्रवर्द्धन गर्न आफ्नो समर्पणलाई जोड दिँदै उद्घाटन ‘स्पार्क’ : २४ नेतृत्वमा महिला सशक्तीकरण– समावेशी प्रेरणा’ कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी माननीय सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दवन सान्चेज, एफ सफ्ट ग्रुपका पीयूष पौडेल लगायतका वक्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा भायनेट कम्युनिकेसनकी सीईओ सेवा पाठकले महिला नेतृत्व र सशक्तीकरणको बारेमा आफ्नो …

पुरा पढ्नुहॊस »

संसद्‌मा कांग्रेसले भन्यो- सरकार गृहमन्त्री गुमाउनुपर्छ कि भन्ने मानसिक पीडामा छ

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई पदमा बसिरहन नैतिकताले नदिने बताएको छ । सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद प्रमीला गौतमले गृहमन्त्रीको राजीनामा मागेकी हुन् । गृहमन्त्रीले आफूविरुद्ध परेको उजुरीलाई चिर्कट्टोको संज्ञा दिएको भन्दै उनले आपत्ति जनाइन् । ‘उजुरी त कागजमै लेख्नुपर्ने होला नि ! ताम्रापत्रमा स्वर्णपत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई जानकारी गराइदिए हुन्थ्यो नि,’ उनले अगाडि भनिन्, ‘यी घटना र अभिव्यक्तिले सहकारी पीडितको विषयमा अनुसन्धान …

पुरा पढ्नुहॊस »

सोमबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड, १६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउले इतिहास रचेको छ । आइतबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । तेजाबी सुन तोलामा १ लाख ३० हजार ९५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । …

पुरा पढ्नुहॊस »

एशियाली खेलकुदमा रजत पदक हात पारेकी एरिकाले अमेरिकामा जितिन् स्वर्ण

काठमाडौं । एशियाली खेल कुदकी रजत पदक विजेता एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन अन्तर्राष्ट्रिय करातेमा जुनियरतर्फ स्वर्ण र सिनियरमा रजत पदक जित्न सफल भएकी छन् । जुनियरतर्फ आइतबार राति भएको खेलमा एरिकाले यू–२१ अन्तर्गत ६८ केजी तौलमाथिको स्पर्धामा स्वर्ण चुमेकी थिइन् । त्यस्तै, एरिकाले सोमबार बिहान भएको सिनियरतर्फको युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथिको तौल समूहमा भने फाइनलमा अमेरिकी खेलाडीसँग पराजित हुँदै रजत पदकमा चित्त बुझाइन् । …

पुरा पढ्नुहॊस »

अर्थ मन्त्रालयले भन्यो- बजेट लेख्दैछौँ, भेटघाटमा नआउनू/सुझाव भए इमेल गर्नू

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरुपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको हो । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा …

पुरा पढ्नुहॊस »

मकवानपुरमा आमाको हत्या आरोपमा २६ वर्षीय युवक पक्राउ

काठमाडौं । मकवानपुरमा आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । थाहा नगरपालिका-१० स्थित तल्लो बिसिङ्गखेलमा आमा ज्ञानी माया गमालको हत्या आरोपमा छोरा मिलन गमाललाई प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको कारण ज्ञानी मायाको हत्या गरिरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । गत फागुन ३० गते बिहान करिब १० बजे घरको ढोका बन्द रहेको र स्थानीयले बोलाउँदा घरको ढोका नखुलेपछि इलाका प्रहरी कार्यालय चित्लाङमा …

पुरा पढ्नुहॊस »

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गर्‍यो बीमा अभिकर्ताको तालिम

काठमाडाैं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम चैत्र १३ देखि १६ गतेसम्म आयोजना गरेको थियो । उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३१ जनाव्यक्तिहरुको सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी …

पुरा पढ्नुहॊस »

आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत क्यास ब्याक

काठमाडौं । आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरूलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ । यो अफर अन्तर्गत आइएमई पे एप मार्फत् अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउनेछन् । चैत ६ गतेदेखि जेठ मसान्तसम्म तीन महिनाको लागि चल्ने सो अफरका ३ जना भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सञ्जालमा सार्वजनिक गरिने …

पुरा पढ्नुहॊस »