आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत क्यास ब्याक

काठमाडौं । आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरूलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ ।

यो अफर अन्तर्गत आइएमई पे एप मार्फत् अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउनेछन् ।

चैत ६ गतेदेखि जेठ मसान्तसम्म तीन महिनाको लागि चल्ने सो अफरका ३ जना भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सञ्जालमा सार्वजनिक गरिने छ । जसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको १०० प्रतिशत क्यास ब्याक पाउनेछन् ।

दोस्रो विजेताले द लेकसाइड रिट्रिट–पोखराको प्याकेज जित्न सक्नेछन् भने तेस्रो विजेताले चन्द्रागिरी हिल्स रिसोर्टको प्याकेज जित्ने मौका पाउनेछन् । यसको साथै आइएमई पे मार्फत् टिकट खरिद गर्ने ग्राहकहरूले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सफल : १० लाखभन्दा बढी सहभागी

काठमाडौँ । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले आफ्नो करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट …

प्रतिकृया दिनुहॊस