काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेकाले बन्दको देशभर सामान्य प्रभाव परेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज लामो तथा छोटो दूरीको गाडी सामान्य रुपमा चलिरहेका छन् ।
काठमाडौंबाट छुट्ने र भित्रने गाडी सामान्य रुपमा चलिरहेका महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्व पश्चिम छुट्ने लामो दूरीका गाडी छुटिरहेका छन् । बन्दको हल्ला चलेपछि सुरक्षाको प्रबन्ध गरिएको बताएको छ । सुरक्षा व्यवस्था कडा पारिएकोले देशभर कुनै अप्रिय घटना नभएको पनि प्रहरीले जनाएको छ ।
बन्दको हल्लाका कारण धेरै निजी विद्यालय भने खुलेका छैनन् । सुरक्षा नभएको भन्दै विद्यालय बन्द गर्नुपरेको विद्यालय सञ्चालकहरुले बताएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेकाले विद्यालय खोल्न नसकिएको प्याब्सन र एनप्याब्सनको भनाई छ ।
प्रतिकृया दिनुहॊस