राष्ट्रकवि १०० वर्ष पुगे, घरमै पुगेर दिइन् राष्ट्रपतिले शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जन्मदिनको शुभकामना दिएकी छिन् । राष्ट्रकविको लाजिम्पाटमा रहेको निवासमै पुगेर राष्ट्रपतिले शुभकामना दिएकी हुन् । एकसय वर्ष पुगेका राष्ट्रकवि घिमिरेलाई राष्ट्रपतिले शुभकामनासँगै हातमा फूलको बुकी समेत दिइन् । राष्ट्रपतिलाई शुभकामना दिन बिहानैदेखि उहाँको निवासमा परिवार, आफन्त र शुभचिन्तकको घुईंचो लागेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री