नेशनल लाइफले अभिकर्तालाई गरायो लुम्बिनी र रानीमहल भ्रमण

काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूलाई भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको छ । लुम्बिनी लक्जरी टुरअन्तर्गत उत्कृष्ट अभिकर्ताहरूलाई लुम्बिनी र रानी महल भ्रमण गराइएको कम्पनीले जनाएको छ ।

भ्रमणमा कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरू र देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल भएका करिब ४०० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताले भ्रमणमा सहभागिता जनाएका थिए । सो अवसरमा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको थियोे ।

उपप्रमुख कार्यकारी अधिकृत कँडेलले यस्ता भ्रमण कार्यक्रमबाट देशका विभिन्न क्षेत्रका अभिकर्ताबीच एक आपसमा अन्र्तक्रियासँगै र मनोरञ्जन पनि प्राप्त हुने बताए । साथै उनले अभिकर्ता समूहको दक्षता अभिबृद्धिमा समेत प्रत्यक्ष लाभ पुर्याउने भएकाले कम्पनीले यस प्रकारका अभिकर्ता योजना ल्याएको उल्लेख गरे । अभिकर्ताहरूको उत्साहजनक उपस्थितिले योजना अत्यन्तै सफल भएको महसुस गरिएको पनि उनले बताए ।

कार्यक्रमका सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै बजार विभाग प्रमुख विवेक शर्माले तोकिएको व्यावसायिक लक्ष्य पूरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पुर्याउने बाचा गरे । यसमा अभिकर्ताहरूको महत्वपूर्ण भूमिका हुने भएकाले अभिकर्ता समूहको सल्लाह सुझावमा नै कम्पनीले योजना जारी गर्ने उनले स्पष्ट पारे ।

एजेन्सी विभाग प्रमुख सुशी प्रताप राणाले सञ्चालन गरेको सो कार्यक्रमका सहभागी अभिकर्ताहरूले विश्वमै प्रसिद्ध धार्मिकस्थल लुम्बिनी र पाल्पाको ऐतिहासिक रानीमहल भ्रमण गर्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ। आफ्ना …

प्रतिकृया दिनुहॊस