नेपाल एसबिआई मर्चेन्टका ग्राहकले कालिञ्चोक केबलकारमा छुट पाउने

काठमाडाैं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड र कालिञ्चोक दर्शनबीच व्यावसायिक सहकार्य गर्ने सहमति भएको छ । जसअनुसार नेपाल एसबिआई मर्चेन्ट बैंकिङमा डिम्याट खाता भएका ग्राहकले कालिञ्चोक दर्शन लिमिटेडको केबलकारमा छुट पाउने भएका हुन् ।

सहमतिपत्रमा मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटीले हस्ताक्षर गरेको जनाइएको छ ।

सहमतिपत्रमा उल्लेख भएबमोजिम नेपाल एसबिआई बैंकमा डिम्याट खाता खोली डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहक र आगामी दिनमा नयाँ डिम्याट खाता खोल्ने नयाँ ग्राहकलाई कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गरेको केबलबार चढ्दा १० प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका क्युआर मर्चेन्टस्हरूलाई बिना धितो २ लाख सम्मको ‘फोनलोन’ सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्युआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहलाई बिना झन्झट कुमारी …

प्रतिकृया दिनुहॊस