News desk

अस्थायी मतदाता नामावली आजदेखि अद्यावधिक गरिँदै

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य आजदेखि शुरु हुने भएको छ । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ । यसरी अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन निर्वाचन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । यस्ता मतदाताले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् । …

पुरा पढ्नुहॊस »

बालेनको प्रश्न- टुकुचा खोला होइन् भन्ने अदालतले नेपाललाई कसरी देश प्रमाणित गर्छ ?

काठमाडाैँ । काठमाडौँ  महानगरपालिकाका मेयर बालेन शाहले टुकुचा उत्खननका सन्दर्भमा उच्च अदालत पाटनले दिएको आदेशमा असन्तुष्टि जनाएका छन् । उच्च अदालतले बुधबार टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको योजना असोज २६ गतेसम्म रोक लगाएको थियो । त्यसप्रति कटाक्ष गर्दै उनले अदालतले टुकुचालाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्छ भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश …

पुरा पढ्नुहॊस »

नागरिकता विधेयकमा राष्ट्रपति मात्र होइन अरू पनि दोषी : स्वतन्त्र पार्टी

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयकको प्रमाणीकरण रोकिनुको दोष राष्ट्रपतिको मात्रै नभएको निष्कर्ष निकालेको छ ।  प्रवक्ता तथा महामन्त्री डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै ‘गैरसंवैधानिक’ परिस्थितिको दोष राष्ट्रपतिले मात्र होइन संसद् र राजनीतिक दलले बोक्नुपर्ने बताएका हुन् । ‘विधेयक राष्ट्रहितमा थिएन तर ५ वर्षसम्म नागरिकताजस्तो विषयमा मौन रहेर अन्तिम समयमा जुन किसिमको हतारो गरियो, त्यो शङ्कास्पद रहेको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘यसरी विधेयकलाई चुनावी एजेन्डाका …

पुरा पढ्नुहॊस »

नाइजरमा जिहादी समूहद्वारा ११ किसानको हत्या

एजेन्सी । नाइजरको दक्षिण-पूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बुधबार बताएका छन् । ‘टौम्मौरबाट सात किलोमिटर टाढा बोको हराम निकट लडाकूले मङ्गलबार बिहान गोली हानेर ११ जना किसानको हत्या गरेका छन्’, आक्रमणस्थल नजिकै रहेको सहरका मेयर इसा बोंगाले भने । यो सहर लेक चाडको तल्लो क्षेत्र नजिकै डिफामा अवस्थित छ । यो एक क्षेत्र …

पुरा पढ्नुहॊस »

हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । अहिले देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज प्रदेश-१, मधेस प्रदेश, गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति सुदूरपश्चिम र लुम्बिनी …

पुरा पढ्नुहॊस »

कपनको आगलागीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौँ । काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा आज साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि नियन्त्रणमा लिइएको जानकारी दिए । आगलागी के …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ६७ पैसा र बिक्री दर १२८ रुपैयाँ २७ पैसा रहेको छ । युरो एकको खरिद दर १२६ रुपैयाँ ७४ पैसा र बिक्री दर १२७ रुपैयाँ ३३ पैसा रहेको …

पुरा पढ्नुहॊस »

प्रभु बैंकका ग्राहकले न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसनमा आकर्षक छुट पाउने

काठमाडौँ । प्रभु बैंक र हसनपुर, धनगढी स्थित न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । धनगढी शाखा कार्यालय प्रमुख रविकान्त जोशी र न्युरोप्लास्ट फिजियोथेरापीका निर्देशक डा. सुरेन्द्र भट्टले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुले न्युरोप्लास्ट फिजियोथेरापीद्धारा सञ्चालित सेवामा १० प्रतिशतका छुट प्राप्त हुने भएको छ । उक्त सम्झौता अन्तर्गत न्युरोप्लास्ट …

पुरा पढ्नुहॊस »

नाडा अटो ईभी प्रदर्शनीमा महिन्द्राले तीनपांग्रे ट्रियो झोर राख्ने

काठमाडाैं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले यस पटकको ईभी नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रियो झोर राख्ने भएको छ। नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक कम्पनीले पछिल्लो उत्पादन नेपाली बजारमा ल्याएको हो। ट्रियो झोर एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–ह्विलर पिकअप हो। जुन कार्गो खण्डमा र अन्तिम माइल डेलिभरीलाई पुनः परिभाषित गरेको छ। महिन्द्रा ट्रियो झोर उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक …

पुरा पढ्नुहॊस »

लक्ष्मी क्यापिटल र ऊर्जा डेभलपर्सबीच स्वपुँजी लगानीसम्बन्धी सम्झौता

काठमाडाैं । निजी इक्विटी र ऊर्जा डेभलपर्सबीच एक समारोहबीच इक्विटी लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ। ऊर्जा डेभलपर्स नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय ऊर्जासम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था हो भने लक्ष्मी क्यापिटल मार्केट लिमिटेड भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था हो। समझदारीपत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र ऊर्जा डेभलपर्सका तर्फबाट प्रबन्धनिर्देशक भानु पोखरेलले हस्ताक्षर गरेका हुन्। लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »