सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ घट्यो, यस्तो छ बजार भाउ

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । आइतबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ८०० रुपैयाँ घटेर ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी पनि प्रतितोला २५ रुपैयाँ घटेर कारोबार भइरहेको छ । आइतबार प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री