सुनको भाउ प्रतितोला ९९ हजार नौ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा सनुको मूल्य बढेर एक लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले बढेको छ ।

गत कारोबार दिन ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको आज तोलामा ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री