News desk

रविले नमानेपछि सरकारको प्रवक्ताको जिम्मेवारी पौडेललाई

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सरकारको प्रवक्ता बन्ने प्रस्ताव अस्वीकार गरेपछि अब अर्थमन्त्री विष्णु पौडेल प्रवक्ता बनेका छन् । मन्त्रिपरिषद् पूर्णरुपमा बिस्तार नहुञ्जेलका लागि मात्रै पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रीले प्रवक्ताको जिम्मेवारी पाउनेछन् ।

पुरा पढ्नुहॊस »

जापानमा भारी हिमपात : १७ जनाको ज्यान गयो

एजेन्सी । जापानमा भारी हिमपातका कारण १७ जनाको ज्यान गएको छ । लगातार १० दिनयताको हिमपातका कारण दर्जनौं घाइते भएका छन् भने हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको छ । जापानको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा भारी हिमपात भइरहेको छ । यहाँको जनजीवन अस्तव्यस्त भएको जापानको विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन् । जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी सहरसहित केही क्षेत्रमा २४ घण्टामा झण्डै एक मिटरसम्म हिमपात …

पुरा पढ्नुहॊस »

मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटबारे सत्तासीन दलहरूले थाले आन्तरिक गृहकार्य

काठमाडौँ । नयाँ सरकार गठनसँगै सत्तारूढ सात दलले थप मन्त्रिपरिषद विस्तार र शक्ति बाँडफाँटका लागि आन्तरिक छलफल थालेका छन् । मन्त्रिपरिषद् विस्तार तथा शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनले अध्यक्षस्तरीय संयन्त्रमार्फत् टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राप्रपा, जसपा र नागरिक उन्मुक्ति पार्टीको सहभागिताको विषय अन्तिम टुङ्गो लागेपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी शक्ति बाँडफाँट गर्ने तयारी छ । सरकारलाई समर्थन गरेका सातमध्ये तीन …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्डको काँधमा १८ मन्त्रालय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को काँधमा १८ मन्त्रालयको जिम्मेवारी रहेको छ । मन्त्रीहरू थपिन बाँकी रहेकाले प्रधानमन्त्री दाहालले हाल १८ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् । अहिले प्रचण्ड नेतृत्वको नव गठित मन्त्रिपरिषद् पहिलो चरणमा आठ सदस्यीय बनेको छ । प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा …

पुरा पढ्नुहॊस »

रविसँग हर्कको अपेक्षा- अब गुण्डाराज खत्तम होस्

काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नवनिर्वाचित गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् । सोमबार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका लामिछानेलाई बधाई दिँदै मेयर साम्पाङले गुण्डाको राज खत्तम बनाउनपर्ने बताए । ‘हार्दिक बधाइ दिन चाहन्छु माननीय गृहमन्त्री ज्युलाई,’ साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गुण्डाको राज खत्तम बनाउनु पर्छ अब !’ गृहमन्त्री भएपछि लामिछानेले पहिलो निर्णयका रुपमा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने निर्णय गरेका …

पुरा पढ्नुहॊस »

कति आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ९५ पैसा र बिक्री दर १३२ रूपैयाँ ५५ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ १७ पैसा र बिक्री दर १४० रूपैयाँ ८१ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

बझाङमा ट्याक्टर दुर्घटना, दुई जनाको ज्यान गयो

काठमाडाैँ । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बझाङको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा से २ त २३४३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको ज्यान गएको हो । उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । झोलुङ्गे पुलको सामान लिएर गएको ट्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

उच्च भू-भागमा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश एक, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु लागेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश एक र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा …

पुरा पढ्नुहॊस »

पासपोर्ट र लाइसेन्स लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ । सोमबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको हो । लामो लाइनलाई नियन्त्रण गर्न र हटाउने विषयमा काम गर्ने प्रधानमन्त्री प्रचण्डलेले बताए । ‘राहदानी, लाइसेन्ससम्बन्धी लामो लामो लाइन देखिएको छ । यसलाई नियन्त्रण गर्ने र प्रभावकारी ढंगले काम गर्ने केन्द्रित भएका …

पुरा पढ्नुहॊस »

सरकारी दर्ता, चलानीलाई अनलाइन प्रणालीमा लैजाने अर्थमन्त्री पौडेलको पहिलो निर्णय

काठमाडौं – नव नियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेसँगै मन्त्री पौडेलले अर्थ मन्त्रालय मातहतका निकायलाई अनलाइन प्रणालीबाट व्यवस्थित बनाउने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले अर्थतन्त्रका क्षेत्रमा देखिएका सम्पूर्ण समस्या हल गर्न आफू लागि पर्ने बताए । विगतको अर्थतन्त्रबाट चिन्तित हुने अवस्थालाई सुधार्ने उनको भनाइ छ । खस्कँदो आर्थिक अवस्था किन आयो यसको संघन पहिचान गरी समाधानको बाटो …

पुरा पढ्नुहॊस »