प्रधानमन्त्री प्रचण्डको काँधमा १८ मन्त्रालय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को काँधमा १८ मन्त्रालयको जिम्मेवारी रहेको छ । मन्त्रीहरू थपिन बाँकी रहेकाले प्रधानमन्त्री दाहालले हाल १८ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् । अहिले प्रचण्ड नेतृत्वको नव गठित मन्त्रिपरिषद् पहिलो चरणमा आठ सदस्यीय बनेको छ ।

प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् ।

मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्रीको कार्यभार तोकिएको भए पनि चार मन्त्रीको कार्य विभाजनपछि तोकिने छ । उपप्रधान एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णुप्रसाद पौडेलले सम्हालेका छन् । उपप्रधानमन्त्री एवं गृहको जिम्मेवारी भने रवि लामिछानेले पाएका छन् । ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खानको कार्यभार भने पछि तोकिने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट …

प्रतिकृया दिनुहॊस