News desk

मेसी सर्वोत्कृष्ट खेलाडी, एम्बाप्पे सर्वाधिक गोलकर्ता

काठमाडौं । कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेसी प्रतियोगिताका सर्वोत्कृष्ट घोषित खेलाडी भएका छन् । मेसीले फाइनलमा दुई गोल गर्नुका साथै प्रतियोगिताभर जम्मा ७ गोल तथा दुई असिस्ट गरेका छन्। उनी फाइनलमा समेत प्लेयर अफ लि म्याच भए। ५ खेलामा प्लेयर अफ लि म्याच भइ । साथै, पराजित टोलीका केलियन एम्बाप्पे सर्वाधिक गोलकर्ता भए। उनले ८ गोल गरेका छन्। विश्वकपका सबै चरणमा गोल गर्ने पहिलो खेलाडी बने …

पुरा पढ्नुहॊस »

अर्जेन्टिनाले ३६ वर्षपछि जित्यो विश्वकपको उपाधि

काठमाडौं । अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको छ । पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४-२ गोल अन्तरले पराजित अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको हो । अर्जेन्टिनाले १९८६ पछि ३६ बर्षपछि पहिलो पटक विश्वकपको उपाधि जितेको छ । यो अर्जेन्टिनाले जितेको तेस्रो विश्वकपको उपाधि हो । अर्जेन्टिनाले यसअघि १९७८, १९८६ मा विश्वकप जितेको थियो । १९८६ पछि अर्जेन्टिना १९९० र २०१४ विश्वकपको फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन । ९० मिनेटपछिको ३० मिनेटको अतिरिक्त समयमा …

पुरा पढ्नुहॊस »

आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्छाैँ : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आगामी सरकार कांगे्रसकै नेतृत्वमा गठन गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । बैठकले संसदीय दलको निर्वाचनका लागि समिति पनि गठन गरेको छ । बैठकमा निर्वाचनपछिको समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा छलफल भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा ७ दिनभित्र दाबी पेस गर्न आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले  सात दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी हुन् । उनले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान गरेकी छन् । धारा ७६ को उपधारा १ अनुसार कुनै दलको बहुमत नपुगेकाले उपधारा २ अनुसार मिलिजुली सरकार बनाउन राष्ट्रपतिबाट आह्वान भएको हो । उपधारा २ मा भनिएको छ- उपधारा १ बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट …

पुरा पढ्नुहॊस »

बजेट नल्याउने पालिकालाई मन्त्रालयको परिपत्र

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना बितिसक्दा पनि बजेट नल्याएका आठ स्थानीय तहलाई चाँडो बजेट ल्याउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ । सिराहाको औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, धनुषाको नगराइन नगरपालिका र कमला नगरपालिका, सर्लाहीको विष्णु गाउँपालिका र बौधीमाई नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका र बाँकेको डुडुवा गाउँपालिकालाई मन्त्रालयले पत्र पठाउँदै बजेटबारे जानकारी गराउन भनेको हो । गत मङ्सिर २८ गतेको सचिवस्तरीय निर्णयबाट ती …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त

काठमाडौँ । कृषि विकास बैंकको संचालक समितिले अध्यक्ष पदमा रमेश दुवाडीलाई नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष दुवाडीसँग विभिन्न संघ/संस्थाको संचालक समितिमा सदस्य रही कार्य गरेको अनुभव छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त बैंक अध्यक्षले राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा गभर्नर महाप्रसाद अधिकारीबाट सपथ ग्रहण गरेका छन् । उक्त अवसरमा राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंक सुपरीवेक्षण विभागका …

पुरा पढ्नुहॊस »

बैठकबाट सांसद हराउने प्रवृत्ति राेक्न इ-हाजिरी जडान गरिँदै

काठमाडौँ । जनप्रतिनिधि अर्थात् सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ । संसद् र समितिका बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर गर्नासाथ बाहिर जानेक्रम बढेपछि सचिवालयले विकल्पका रूपमा विद्युतीय हाजिरी व्यवस्थापन गर्न लागेको हो । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले कोरोना सङ्क्रमण हटेको औपचारिक घोषणा भइनसकेको तर सांसदको उपस्थितिको अभिलेख राख्नुपर्ने पक्षलाई दृष्टिगत गरी …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले १४.२१ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७२ प्रतिशत नगद लाभांश गरी कुल १४.२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी १३औं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी ५ …

पुरा पढ्नुहॊस »

बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयरको बाँडफाँड गरिएको हो । कम्पनीले प्रति शेयर रु १०० अङ्कित दरका कूल पाँच लाख ५४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धककाअनुसार साधारण शेयरमा कूल १२ लाख ५८ हजार चार सय २१ आवेदकले एक करोड ४३ लाख …

पुरा पढ्नुहॊस »

सिभिल बैंकले थालनी गर्यो ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान

काठमाडाैं । ‘समृद्धिको लागी सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा बिशेष अतिथिको रूपमा नेपाल राष्ट्र बैंक, जनकपुरका निर्देशक निरा ताल्चा भडँेल थिए भने अन्य अतिथीहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका तर्फबाट सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डेय, फोन–पेका मधेश प्रदेश प्रमुख पशुपति मिश्रा, सिभिल …

पुरा पढ्नुहॊस »