रविसँग हर्कको अपेक्षा- अब गुण्डाराज खत्तम होस्

काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नवनिर्वाचित गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् ।

सोमबार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका लामिछानेलाई बधाई दिँदै मेयर साम्पाङले गुण्डाको राज खत्तम बनाउनपर्ने बताए । ‘हार्दिक बधाइ दिन चाहन्छु माननीय गृहमन्त्री ज्युलाई,’ साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गुण्डाको राज खत्तम बनाउनु पर्छ अब !’

गृहमन्त्री भएपछि लामिछानेले पहिलो निर्णयका रुपमा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after