मधेसमा जनमतको संसदीय दलको नेतामा यादव

काठमाडाैँ । जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको नेतामा महेशप्रसाद यादव चयन भएका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ‘ख’बाट निर्वाचित सांसद यादव दलको नेता चयन भएका हुन् ।

उनलाई पार्टीका नेताले सर्वसहमत दलको नेतामा चयन गरेको डा. सीके राउतको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार दलको सचेतकमा चन्दन कुमार सिंह, सचिव शम्भु साह र कोषाध्यक्षमा भाग्यश्री कुमारी चौधरी चयन भएकी छन् ।

जनमत पार्टीको मधेस प्रदेशमा ६ जना प्रत्यक्ष र सातजना समानुपातिक गरी १३ जना सांसद छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after