काठमाडौं । लुम्बिनी प्रदेशसभाका सांसदले आज शपथ ग्रहण गर्दैछन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ ।
प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा शपथ गराउने कार्यक्रम छ । नव निर्वाचित सांसदलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने छन्।
लुम्बिनी प्रदेशमा जनमत पार्टीबाट निर्वाचित सांसदले मातृ भाषामा शपथग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेशसभातर्फ निर्वाचितमध्ये दुई जनाले मधेशी (अबधी) भाषामा र एक जना सांसदले गुरुङ भाषामा शपथ ग्रहण गर्ने भएका हुन् ।
सबै सांसदहरुले प्रदेश सभा सचिवालयलाई जानकारी गराई आ–आफ्नो मातृ भाषामा शपथ गर्ने तयारी गरेको जनाइएको छ। संसद अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ ।
तपाईंको प्रतिकृया




