News desk

डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ

काठमाडौं । डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका-८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो । घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धानका लागि मृतक बालककी आमा ३४ वर्षीया कलामती र सौतेनी आमा ३० वर्षीया जानकीलाई नियन्त्रणमा लिइएको छ । …

पुरा पढ्नुहॊस »

कांग्रेसका गतिविधिले ओलीमा संशय, प्रचण्डसँग निरन्तर संवाद

काठमाडौँ । संसद्को ठूला दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली चनाखो भएका छन् । कांग्रेसले पुरानै गठबन्धन ब्युँताउने कसरत गरेको चर्चाकाबीच ओली चनाखो भएका हुन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँगको भेटलाई बाक्लो बनाएका छन् । अध्यक्ष ओलीले बिहानमात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् । भेटमा मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका …

पुरा पढ्नुहॊस »

मुग्लिन-नारायणगढ सडक खण्डमा गाडी नरोकिने

काठमाडाैँ । मुग्लिन–नारायणगढ सडक खण्डमा आज र भोलि गाडी नरोकिने भएको छ । पुल बनाउनको लागि भित्तो काट्नु पर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको यो सडक खण्डमा माघे सङ्क्रान्तिका लागि आज र भोलि गाडी नरोकिने भएको हो । माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढा–टाढाबाट समेत आउने भएकाले आज र भोलि सडक पूर्णरुपमा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । यो सडक खण्डमा …

पुरा पढ्नुहॊस »

चैत ५ गते स्ववियु चुनाव गर्न मातहत क्याम्पसलाई त्रिविको निर्देशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आउँदो चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविको रजिस्ट्रार कार्यालयले आङ्गिक सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई तोकिएकै मितिमा चुनाव गराउनको लागि विद्यार्थी भर्ना, लगत सङ्कलन, परीक्षालगायतको तयारी गर्न पनि भनेको छ । त्रिभुवन विश्वविद्यालयको क्लालेन्डरमा फागुन १४ मा स्ववियु चुनाव गर्ने उल्लेख भए पनि परीक्षा, विद्यार्थी भर्नालगायतका काम प्रभावित हुने भएकाले चैत पहिलो हप्ताको लागि चुनावको मिति तोकिएको हो । …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रूपैयाँ ८३ पैसा र बिक्री दर १३० रूपैयाँ ४३ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ८५ पैसा र बिक्री दर १४१ रूपैयाँ ५० पैसा रहेको …

पुरा पढ्नुहॊस »

पाँच महिनामा झण्डै ९३ अर्ब बराबरको धितोपत्र सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा रु ३५ अर्ब बराबरको विकास ऋणपत्र, रु २८ अर्ब ४४ करोड बराबरको ऋणपत्र, रु ११ अर्ब ५० करोड बराबरको साधारण शेयर, रु नौ अर्ब ७४ करोड बराबरको बोनस शेयर, रु चार अर्ब ४९ करोड …

पुरा पढ्नुहॊस »

नेपालीले विदेशमा लगानी गर्न नपाउने गरी राष्ट्र बैंकद्वारा थप कडाइ

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आशयका समाचार एवं विवरण सार्वजनिक भएपछि सूचनामार्फत् विदेशमा पैसा नलैजान सेचत गराएको हो । विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायतका …

पुरा पढ्नुहॊस »

मञ्जुश्री फाइनान्सको १५ औं वार्षिक साधारण सभा

काठमाडाैं । यस मञ्जुश्री फाइनान्स लिमिटेडको १५ औं वार्षिक साधारण सभा  थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँबानेश्वरमा सम्पन्न भएको छ। साधारण सभाद्वारा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको वासलात तथा २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणउपर छलफल गरी पारित भएको छ। केन्द्रीय कार्यालयसहित २७ शाखा रहेको यस फाइनान्सको २०७९ साल मंसिर मसान्तसम्म १ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी …

पुरा पढ्नुहॊस »

पाँच महिनामा महँगी साढे सात प्रतिशतले बढ्याे

काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ११ प्रतिशत बराबर थियो । राष्ट्र बैंकका अनुसार मङ्सिर महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच …

पुरा पढ्नुहॊस »

‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न कार्ड खरिद गरिँदै

काठमाडौँ । यातायात व्यवस्था विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड खरिदको प्रक्रिया अघि बढाएको छ । कार्ड खरिदका लागि सूचना निकालिएको र अबका केही महिनामा आइपुग्ने विभागले जनाएको छ । सबै प्रक्रिया पूरा गरेर ल्याउन चार/पाँच महिना लाग्नसक्ने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए । उनका अनुसार नयाँ कार्ड खरिद भएर आउँदासम्मका लागि आवश्यकपर्ने सङ्ख्यामा भने विभागसँग कार्ड बाँकी रहेको छ । उनले भने, ‘तत्काल छाप्नलाई अभाव छैन …

पुरा पढ्नुहॊस »