कृष्ण र सुनिताको स्वरमा ‘मुटु रेटिन्छ’

काठमाडौं । कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गीत ‘मुटु रेटिन्छ’ सार्वजनिक भएको छ । हम गैरेको शब्द, विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

हम गैरेकै निर्देशन रहेको गीतको भिडियोमा रवि गिरी, निक्स शर्मा, जुनु गुरुङ मुख्य पात्रको रूपमा देखिनुभएको छ भने अन्य कलाकारमा अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा बिश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी, विष्णु थापा रहनुभएको छ ।

रोशन तामाङको छायांकन रहेको भिडियोमा देशमा चलिरहेको मिटरब्याजीका कारण गरिब जनताको कसरी उठिवास भइरहेको छ भन्ने विषय प्रस्तुत गर्न खोजिएको छ । गैरेको केही समय पहिले ‘ऐ मायाँलु’ बोलका गीतले चर्चा बटुल्न सफल भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फिल्म ‘ज्वाइँ साब’ अमेरिका पनि प्रदर्शन हुने

काठमाडौँ । फिल्म ‘ज्वाइँ साब’ अमेरिका पनि प्रदर्शन हुने भएको छ । अमेरिकामा फिल्म प्रदर्शनका लागि …

प्रतिकृया दिनुहॊस