निम्बसले किओच-काठमाडौं बाल अस्पताल निर्माणका लागि गर्‍यो आर्थिक सहयोग

काठमाडौं । निम्बसले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बुढानिलकण्ठ, काठमाडौंमा सञ्चालन गरिने किओच–काठमाडौं बाल अस्पताललाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। निम्बसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त बाल अस्पताल भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको हो।

मंगलबार निम्बसको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच निम्बसका अध्यक्ष आनन्द बगडियाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई उक्त सहयोग रकम हस्तान्तरण गरे।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सेवाका विभिन्न कार्यमा सहयोग गर्दै आइरहेको निम्बसका अध्यक्षले समाजयोगी यस कार्यमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए।

निम्बसले नेपालमा कृषि तथा एफएमसिजी प्रोडक्ट सम्बन्धित व्यवसाय गर्दै आएको छ। यसको पोर्टफोलियोमा ‘शक्ति’ र ‘हिमालयन ह्याप्पी पेट’ तथा प्रसिद्धीमा आइसकेका ‘व्यञ्जन’ तथा ‘सुनौलो किरण’ समावेश छन्।

निम्बसका अध्यक्षले कोभिड–१९ महामारी लागायतका अवस्थाबाट सिकेर गुणस्तरिय बाल अस्पताल स्थापना तथा सञ्चालनका लागि ठूलो लगानीको आवश्यकता महसुस भएको बताउँदै अस्पताल निर्माणबाट आगामी दिनमा नेपालमा सहज र सुलभ बाल स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

इन्स्टिच्युटका अध्यक्ष डा. कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकाहरूमा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले काठमाडौंमा बहुविशिष्टिकृत अस्पताल तथा बाँकी प्रदेशहरुमा पनि सोही प्रकृतिको सेटलाइट अस्पतालहरू सञ्चालन गर्न लागेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस