विश्वासको मत लिँदै प्रधानमन्त्री, यस्तो छ संसद्को अङ्कगणित

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । २०७९ सालको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो ।

सत्ता गठबन्धन फेरबदलका कारण प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिनेबारे प्रधानमन्त्रीले संसद् सचिवालयमा यसअघि नै लिखित पत्र पठासकेका छन् । सरकारमा सहभागी नेपाली कांग्रेसले समर्थन फिर्ताको निर्णय गरेपछि संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

निर्वाचनपछि पहिलो पटक नेकपा एमालेसँगको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए । उनले मतदानमा सहभागी २७० मध्ये २६८ मत पाएका थिए । गठबन्धनको विपक्षमा रहेको तत्कालीन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।

एमालेसँगको सहकार्य तोडेर करिब तीन महिनामै कांग्रेससँग गठबन्धन भएपछि एमालेले समर्थन फिर्ता लिएको थियो । त्यसपछि प्रधानमन्त्रीले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिनुभएको थियो । दोस्रो पटक प्रधानमन्त्रीले १७२ मत पाउनुभएको थियो । विपक्षमा ८९ मत परेको थियो । कांग्रेससँगको गठबन्धन तोडेर एमालेलगायत पाँच दलको समर्थनमा प्रधानमन्त्री निरन्तर भएका प्रचण्डले बुधबार तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्रीलाई एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादीको समर्थन रहेको छ । प्रतिनिधि सभाको विश्वासका लागि प्रधानमन्त्रीलाई १३८ मत आवश्यक पर्छ ।

प्रधानमन्त्रीलाई समर्थन गर्ने दलमध्ये एमालेको ७६, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीको १० सांसदलाई मताधिकार छ । तर एमालेका वसन्त नेम्वाङ बिरामी रहेकाले मतदानको सहभागिता निश्चित छैन ।

माओवादी केन्द्रका प्रतिनिधि सभामा ३२ सदस्य छन् । केही साना दल र स्वतन्त्र सांसद विश्वासको मतको पक्षमा भए पनि निर्णय गरिसकेका छैनन् । गठबन्धनबाट प्रधानमन्त्रीलाई १५० मतसम्म प्राप्त हुने सम्भावना छ ।

गठबन्धनमा आबद्ध दलहरूले प्रधानमन्त्रीको पक्षमा मत दिन सांसदहरूलाई निर्देश गरिसकेका छन् । प्रतिनिधि सभाको बुधबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिरोहियालाई नागरिकता दिने तत्कालीन सिडिओसहित दुई जनाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने र प्रतिलिपी दिने तत्कालीन …

प्रतिकृया दिनुहॊस