सरकार र आरती साहको परिवारबीच पाँच बुँदे सहमति (पत्रसहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । आरती साहको परिवारसँग गृह मन्त्रालयले पाँचबुँदे सहमति गरेको छ । मंगलबार राति गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सहमति भएको हो ।

सहमति अनुसार आरती मृत्यु प्रकरणमा थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटाइने भएको छ । प्राप्त प्रमाण अदालतमा पेस गर्ने सहमति भएको छ । अनुसन्धान टोलीले मृतक आरतीको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र अनुसन्धान थालिएको ४५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।

अनुसन्धान टोलीले आरतीको मुद्दाको अनुसन्धानमा भएका कमी कमजोरीहरूका सम्बन्धमा अनुसन्धान गर्नेछ । आरतीको परिवारमाथि प्रहरीबाट भएको भनिएको कुटपिट एवं दुर्व्यवहारका सम्बन्धमा पनि अनुसन्धान हुनेछ ।

घटनाबारे नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएका प्रतिवेदनमा उल्लिखित विषय समेतलाई अध्ययन गर्ने सहमति भएको छ । घटनाका सम्बन्धमा तयार भएका चिकित्सकीय प्रतिवेदनहरू पनि अध्ययन गरिनेछ । अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा कानुनबमोजिम पुनः अभियोजन गरिनेछ ।

यसैगरी आरतीको परिवारलाई राहतस्वरूप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ । सहमतिसँगै आरतीको परिवारको तर्फबाट भइरहेको आन्दोलन फिर्ता भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after