काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार ६ सय २७ जना पुगेको छ भने ७३ लाख १६ हजार ९ सय ४४ जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि ३६ लाख २ हजार ५ सय २ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,ब्राजिल र इटली छ ।
अमेरिकामा हालसम्म १ लाख १४ हजार १ सय ४८ जनाको, बेलायतमा ४० हजार ८ सय ८३ जनाको , ब्राजिलमा ३८ हजार ४ सय ९७ जना र इटालीमा ३४ हजार ४३ जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म २ लाख ७६ हजार १ सय ४६ जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या ७ हजार ७ सय ५० जना पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ८६ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।
तपाईंको प्रतिकृया



