काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा हालसम्म १५ औं व्यक्तिको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक चितवन भरतपुर नगरपालिका-११ का एक पुरुष रहेका छन् । योसगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ भने हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ८५ जना पुगेको छ ।
त्यसैगरि, कोरोना संक्रमितमध्ये ५८४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया




