news

कतारमा लागेको नाकाबन्दीपछि महँगियो तरकारी

कतारमाथि नाकाबन्दीपछि खाद्यान्न जस्ता अत्यावश्यक वस्तु टर्की लगायतका देशबाट आयात हुँदै आएको छ। तर कतारमा नाकाबन्दीपछि चामल र तरकारीको भाउ पनि बढेको छ। हाल कतारमाथि साउदी, युएई, बहराइन लगायतका देशहरुले नाकाबन्दी लगाएका छन्।

पुरा पढ्नुहॊस »

जापानको फुकुओकामा आइएमई क्योदाईको नयाँ शाखा

आइएमई क्योदाई रेमिटेन्सले जापानस्थित फुकुओकाको हाकातामा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले आफ्नो सञ्जाल बढाउने क्रममा उक्त स्थानमा थप एक शाखा संचालनमा ल्याएको छ । आइएमईका प्रमूख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाई रेमिटेन्सका प्रमुख याचिरो किमोतो र एनआरएन जापानका उपाध्यक्ष टक गैरे लगायतको उपस्थितिमा नयाँ शाखाको शुभारम्भ भएको छ । शाखा कार्यालय उद्घाटनका क्रममा संक्षिप्त मन्तब्य ब्यक्त गर्दै आइएमईका प्रमुख कार्याकारी अधिकृत सुमन पोखरेलले विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै …

पुरा पढ्नुहॊस »

किन हुन्छ ग्याष्ट्रिक ?

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो । यसलाई बोलिचालीको भाषामा ग्याष्ट्रिक भनिन्छ । यसका लक्षणहरूयस प्रकार छन् । छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने पेट पोल्नु भोक हराउनु अम्लपित्त बढ्नु पेट भारी हुनु रिंगटा लाग्नु टाउको दुख्नु पेट फुल्नु वाक्वाकी लाग्ने वान्ता हुने ढ्याउ–ढ्याउ आउनु पेट हुडल्ने तौल कम हुने आमाशयको भित्तामा भएको इन्फ्लामेसन (सुनिएर रातो, तातो भएर दुख्ने समस्या) का साथै आमाशयका …

पुरा पढ्नुहॊस »

योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना नलिए सम्बन्धन खारेज गर्ने सरकारको चेतावनी

काठमाडां । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिकित्सा शिक्षा अन्तर्गतको विशेषज्ञ तह पीजीमा योग्यताक्रमका आधारमा सात दिनभित्र विद्यार्थी भर्ना गर्न मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ । मुख्य सचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा बसेको बैठकले मन्त्रिपरिषद बैठकको ०७२ साल असोज १ गतेको निर्णय तथा सर्वोच्च अदालतको ०७२ मंसिर १५ तथा ०७३ साल जेठ २१ गतेको निर्णय अनुसार योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न तथा त्यसको जानकारी गराउन निर्देशन दिएको छ ।   निर्देशन …

पुरा पढ्नुहॊस »

यात्रुबाहक बस दुर्घटना हुँदा ५ घाइते

बैतडी  ।काठमाडौंबाट दार्चुलाको गणन्नाका लागि छुटेको उग्रतारा यातायातको बा ३ ख ५१७५ नम्बरको बस सुर्नया ३ धरमघर नजिक शुक्रबार बिहान  बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको हो । दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सुर्नया ३ का २४ बर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ बर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा २ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार ७ का हरिसिंह कार्की र …

पुरा पढ्नुहॊस »

टर्कीमा एम्नेस्टी निर्देशक पक्राउ

टर्किस प्रहरीले एम्नेस्टी इन्टरनेसनलकी राष्ट्रिय निर्देशक इदिल इसरसहित ८ शीर्ष मानवअधिकारवादीलाई पक्राउ गरेको छ । बुयुकादास्थित होटलमा भइरहेको डिजिटल सुरक्षा कार्यशालामा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जर्मनी र स्विडेनका दुई प्रशिक्षकसमेत छन् । पक्राउ गरिएकालाई कहाँ राखिएको छ भन्नेबारे केही बताइएको छैन । उक्त कार्यशाला नेदरल्यान्डको अधिकारवादी समूह हिभोसले आयोजना गरेको थियो । एम्नेस्टीले प्रहरीको छापा कुनै कारणबिना गरिएको बताएको छ । एम्नेस्टी इन्टरनेसनलका महासचिव सलिल …

पुरा पढ्नुहॊस »

तीन बालबालिकाको सामूहिक हत्या रहस्यमै

अरुण गाउँपालिका १ प्याउली मरेङडाँडाका ३ बालबालिकाको एकै ठाउँ भएको हत्या अझै रहस्यमै छ । करिब दुई सातासम्म पनि घटनाको भित्री पाटो पहिल्याउन र दोषी पहिचान गर्न नसकिएपछि स्थानीय जनजीवन भयभीत बन्दै गएको छ । असार १० गते साँझ अचानक हराएका अरुण ३ का १६ वर्षीय रञ्जीव सापकोटा, १४ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयाल असार १२ गते बिहान साढे ७ बजे स्थानीय तोरन कार्कीको माछापोखरीमा डुबेको अवस्थामा …

पुरा पढ्नुहॊस »

२०१८ का लागि कोरियाले थप १० हजार नेपाली कामदार लैजाने

कोरियाले २०१८ का लागि थप १० हजार नेपाली कामदार लैजाने भएको छ ।सन् २००७मा नेपाल र कोरिया सरकारबीच रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता भएपछि सो प्रणालीमार्फत हालसम्म ३५ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीका सिलसिलामा कोरिया गएका छन् । सन् २०१८का लागि कोरियाले थप १० हजार कामदार लैजाने घोषणा गरेको छ ।नेपालले सफलतापूर्वक पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा कोरियाली राजदूतले खुसी व्यक्त गर्नाका साथै नेपालको आर्थिक विकासमा दक्षिण कोरियाको …

पुरा पढ्नुहॊस »

पाथीभरा गोल्डकप फुटबल साउन २३ देखि

हरेक वर्ष लाखेजात्राका अवसरमा हुने पाथीभरा गोल्डकप फुटबल साउन २३ देखि हुने भएको छ । स्थानीय निर्वाचनका कारण तयारी गर्न नपाएको आयोजक समिति यो वर्ष नगर्ने स्थितिमा पुगेको थियो  तर स्थानीयको  दबाबका कारण एक सातापछि सार्ने र प्रतियोगिता गराउने निर्णयमा पुगेको हो  ।

पुरा पढ्नुहॊस »

नेपाली यू–१९ टोली विजयी

आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रका लागि भारतमा तयारी गरिरहेको नेपालले पहिलो अभ्यास खेलमा सफलता पाएको छ । दिल्लीको ग्रेटर नोएडामा मंगलबार भएको खेलमा नेपाली यू–१९ ले फ्रेन्ड्स स्पोर्ट्स एकेडेमीलाई १ सय २१ रनले पराजित गरेको छ । भिजेको मैदानका कारण ४० ओभरमा छोटयाइएको खेलमा नेपाली यू–१९ ले ७ विकेट गुमाई २ सय ५० रन बनायो । फ्रेन्ड्स स्पोर्ट्स ३२ ओभरभित्र १ सय २९ रनमै अलआउट भयो । अभ्यास खेलमा …

पुरा पढ्नुहॊस »