किन हुन्छ ग्याष्ट्रिक ?

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो । यसलाई बोलिचालीको भाषामा ग्याष्ट्रिक भनिन्छ ।
यसका लक्षणहरूयस प्रकार छन् ।
छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने
पेट पोल्नु
भोक हराउनु
अम्लपित्त बढ्नु
पेट भारी हुनु
रिंगटा लाग्नु
टाउको दुख्नु
पेट फुल्नु
वाक्वाकी लाग्ने
वान्ता हुने
ढ्याउ–ढ्याउ आउनु
पेट हुडल्ने
तौल कम हुने

आमाशयको भित्तामा भएको इन्फ्लामेसन (सुनिएर रातो, तातो भएर दुख्ने समस्या) का साथै आमाशयका भित्ताको लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई ग्यास्ट्रिक अल्सर भनिन्छ । ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो ।

कारक तत्वहरू

ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ र जीर्ण गरेर दुई समूहमा बाँडिएको छ । तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागि हानि गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ । यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधि (एस्पिरिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन), मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, अस्वस्थ खानपान, ब्यायामको अभाव, तेलमा डुबाएका वा भुटेका खानेकुराहरू, रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चिज जस्ता चिल्लो र बोसोयुक्त पदार्थहरू, जाँड–रक्सी, धूमपान तथा सुर्तीजन्य पदार्थ, कोकिन जस्ता मादक पदार्थ पर्दछन् । एच. पाइलोरीलगायत अन्य ब्याक्टेरिया, भाइरस संक्रमणले पनि हुने गर्छ । जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली, खानपानशैली, मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ ।
जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ । अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ । व्यस्तता र भागदौडले भरिएको जीवन जिउनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासीनता र अनिद्राका रोगी, शारीरिक श्रम वा ब्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन् । लामो समयसम्म जाँडरक्सी, चिया, कफी, पेय कोक, पेप्सी, आदि खानेमा पनि यो रोग ज्यादा देखिएको छ ।

ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि लाग्ने गर्छ । यसैगरी पेटको अपरेसन, कलेजो, मृगौला, फियो तथा आन्द्राका रोग, एचआईभीरएड्स र विशेष मानसिक रोगावस्थामा पनि यो देखा पर्न सक्छ ।

जटिलताहरू

यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ । अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ । यसैगरी भिटामिन बी–१२ को अवशोषणमा चाहिने तवहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, अन्ननली सुनिनु, दम बढ्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन् । ग्यास्ट्रिक बिग्रेर पेटमा प्वाल परेर मृत्यु पनि हुनसक्छ ।
उपचार
ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो । तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ । तसर्थः चिकित्सकको निगरानीमा रोगको निदान तथा उपचार गर्न्तिर लागौं । दीर्घ÷जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ । जीवनशैली परिवर्तन भनेको भोजन, ब्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वास्थ्यमैत्री हुने गरी समायोजन गर्नु हो ।

दुखाई कम गर्ने औषधि (एस्पिरिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन), मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, अस्वस्थ खानपान, ब्यायामको अभाव, तेलमा डुबाएका वा भुटेका खानेकुराहरू रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चिज जस्ता चिल्लो र बोसोयुक्त पदार्थहरू, जाँड–रक्सी, धूमपान तथा सुर्तीजन्य पदार्थ त्याग्ने, हानिकारक मानिएका खाना छाडेर रेशा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, सागसब्जी, सलाद–फलपूmल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ ।

त्यसैगरी स्याउ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जिराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं । पानी प्रशस्त पिउनुपर्छ यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानि पु¥याउन पाउँदैन । नियमित रूपमा पानी पिउने, सुत्नुअघि र उठिसकेपछि प्रशस्त पानी पिउने । तनावमुक्त रहने, प्याकिङ गरिएका रेडिमेट खानाहरू, कोक, पेप्सी जस्ता पेय पदार्थ खानु हुँदैन ।

व्यवस्थापन

ग्यास्ट्राइटिस तनावपूर्ण जीवन जिउनेहरू, डर, चिन्ता, खिन्नता, उदासीनता र अनिद्राका रोगीलाई हुने रोग हो । तर्सथ तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो ।
शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि, योगासन, योगनिद्रा, ध्यान विधिको अभ्यास गर्नुपर्छ । सकारात्मक चिन्तनलाई जीवनको अन्तिम अंग बनाउनुपर्छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

मृत्युपश्चात् अङ्ग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय

काठमाडौं । मृत्युपश्चात मानव अङ्ग दान गर्न चाहने मृतकका परिवारलाई दुई लाख रुपैयाँ सहयोग गरिने …

प्रतिकृया दिनुहॊस