news

लोककल्याणकारी विज्ञापन रकम वृद्धि गर्न माग

काठमाडौं। नेपाल पत्रकार महासंघले सरकारसँग ‘लोककल्याणकारी विज्ञापन’ रकम वृद्धि गर्न माग गरेको छ । पच्चीसौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले समानुपातिक विज्ञापन नीति लागू नभएसम्मका लोककल्याणकारी विज्ञापनको रकम वृद्धि गर्न माग गरेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए । बैठकले सबै प्रकारका सञ्चारमाध्यममा लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन समेत माग गरेको छ ।बैठकले श्रमजीवी पत्रकारलाई तत्काल नियुक्तिपत्र र न्यूनतम पारिश्रमिक उपलब्ध गराई श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसमेत गरेको छ ।

पुरा पढ्नुहॊस »

नयाँ नोट रु पाँचको

काठमाडौं । नेपाल राष्ट्र बैंकले  ५ रुपैयाँको नयाँ नोट पनि चलनचल्तिमा ल्याएको छ । हालको  नोटमा रहेको तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा  छैन् । यसको सट्टामा भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र रहेको छ । त्यस्तै, सगरमाथाको चित्रमा हुम्लाको लिमि क्षेत्रको हिमाल र  याकहरुको सट्टामा वन्य याक राखिएको छ ।  

पुरा पढ्नुहॊस »

नविल बैंकका लगानी कर्तालाई लाभांश

काठमाडौं ।नविल बैंकले लगानी कर्तालाई ४८ प्रतिशत लाभांश घोषणा गरेको छ । भदौं ११ गते बसेको बैंक सञ्चालक समिति बैठकले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

पुरा पढ्नुहॊस »

सरकारले चीनलाई सोध्यो– चक्रपथ विस्तारको काम किन सुस्त

सरकारले चिनियाँ अनुदानमा निर्माण भइरहेको चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको ढिलाइबारे चिनियाँ अधिकारीसँग धारणा मागेको छ । तीनदिने औपचारिक भ्रमणमा शुक्रबार काठमाडौं आइपुगेका चिनियाँ कानुन तथा पूर्वाधारमन्त्री युआन सुहङ नेतृत्वको टोलीसँग मन्त्रालयमै भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले चिनियाँ सहयोगका परियोजनामा भइरहेको ढिलासुस्तीबारे जिज्ञासा राखेका हुन् । शुक्रबार भएको द्विपक्षीय छलफलमा नेपालका लागि चिनियाँ राजदूत यु होङलगायत चिनियाँ अधिकारी र नेपालका तर्फबाट अर्थ, परराष्ट्र, कानुन, सहरी विकास मन्त्रालय, राष्ट्रबैंक, …

पुरा पढ्नुहॊस »

ललितपुर फाइनान्सले निक्षेप फिर्ता लिन बोलायो

काठमाडौं । ललितपुर फाइनान्स लिमिटेडले निक्षेपकर्तालाई रकम लिन बोलाएको छ । फाइनान्सले सुचना प्रकाशित गरी निक्षेप लिन चाहनेले प्राप्त गर्न सकिने जनाएको छ । वित्तीय सुशासन पालना नगरेर वित्तीय अवस्था खराव भएपछि नेपाल राष्ट्र बैंकले ०७१ पुसमा ललितपुरलाई समस्याग्रस्त घोषणा गरी निक्षेप परिचालन तथा कर्जा लगानीमा प्रतिवन्ध लगाएको थियो । तर फाइनान्स अब सुधारको क्रममा रहेको छ । ललितपुर लगायत वित्तीय अनुसाशन पालना नगरेका ९ वित्तीय संस्था समस्याग्रस्त रहेका छन् …

पुरा पढ्नुहॊस »

लायन्स क्लब ग्रिन क्याम्पसद्धारा खाद्यान्न सामाग्री बितरण

वीरगंज  । लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसले  वीरगंजमा रहेको मानवसेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । लायन रोशन रौनियारको छोरी शाक्षी रौनियारको परेको जन्मदिनको उपलक्ष्यमा खाद्यान्न सामाग्री वितरण गरिएको हो । लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका रिकेश साहको अध्यक्षतामा भएको कार्याक्रममा लायन्स क्लबका एरिया चिफ देव चौधरी, रिजनल चेयर पर्शन राघव आर्चाय, जोन चेयर पर्शन बासु तिमलसिना, लायन्स क्लबका एमबेष्डर अफ गर्भनर उमेश साह कानु, मानवसेवा आश्रमका …

पुरा पढ्नुहॊस »

चुनौतिबाट नभागी पूर्वाधार विकासमा अगाडि बढ्नुस्, मन्त्री साह

काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले पूर्वाधार विकासमा चुनौतिबाट भागेर समस्याको समाधान नहुने बताउनुभएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतका निकायहरुको वार्षिक प्रगति समिक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री साहले चुनौतिको सामना गरेर मात्रै प्रतिफल प्राप्त गर्न सकिने बताउनु भएको हो । मन्त्रालय मातहतका निकायबाट सम्पादन भइरहेका कार्यहरुको प्रगति आउनु नआउनुमा जनशक्ति, संरचना र नीति मुख्य विषय भएको भन्दै मन्त्री साहले पहिला यसमा स्पष्टता आवश्यक …

पुरा पढ्नुहॊस »

मेगा बैंकको हकप्रद भदौं २७ बाट

काठमाडौं । मेगा बैंकले भदौं २७ गतेबाट १० बराबर ६.५ अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । बैंकले जारी गर्न लागेको हकप्रद बिक्री असोज ३० गतेसम्म खुला रहनेछ । गत माघ ६ गतेसम्ममा नेप्सेबाट सेयर किनेका र सेयर स्वामित्व रहेकाहरुले मात्र बैंकको सेयरमा लगानी गर्न पाउछन् । बैंकको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेनट बैंकिङ लिमिटेड र मेगा बैंकबाट सेयर भर्न सकिनेछ ।

पुरा पढ्नुहॊस »

भारतको ‘पोजिसन’ यथावत

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा बुधबारदेखि भारतको पाँचदिने राजकीय भ्रमणमा छन् । प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण दक्षिणी छिमेकमै गर्ने परिपाटीलाई देउवाले पनि निरन्तरता दिएका हुन् ।दिल्ली पुगेकै साँझ भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री देउवासँग ‘आकस्मिक’ एकल भेटवार्ता गरे । भेटवार्तामा के-के विषयमा कुराकानी भयो भन्ने दुवै तर्फबाट सार्वजनिक भएको छैन । देउवाले बिहीबार समकक्षी मोदीदेखि राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैन्कैया नायडू, विदेशमन्त्री सुषमा स्वराज र प्रतिपक्षी दलका नेतासम्म भेटे …

पुरा पढ्नुहॊस »

राप्रपा नेता संग्रौलाको निधन

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता वीरेन्द्र संग्रौलाको निधन भएको छ । नेता वीरेन्द्रकाे बुधबार बिहान २ बजे झापाको दमक–८ स्थित आफ्नै निवासमा निधन भएको हो । बहत्तर वर्षीय संग्रौला पेटसम्बन्धी रोगबाट पीडित भएको परिवारिक स्रोतले जनाएको छ ।राजनीतिकसँगै सामाजिक क्षेत्रमा क्रियाशील उनी राप्रपाका मेची अञ्चल सदस्य, साविक लखनपुर गाविसका पूर्व प्रधानपञ्च र दमक नगरपालिकाका मनोनीत उपप्रमुख थिए ।  तीन छोरा र दुई छोरी रहेका छन् भने उनको पार्थिव शरीर …

पुरा पढ्नुहॊस »