news

नेपाली यू–१९ टोली विजयी

आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रका लागि भारतमा तयारी गरिरहेको नेपालले पहिलो अभ्यास खेलमा सफलता पाएको छ । दिल्लीको ग्रेटर नोएडामा मंगलबार भएको खेलमा नेपाली यू–१९ ले फ्रेन्ड्स स्पोर्ट्स एकेडेमीलाई १ सय २१ रनले पराजित गरेको छ । भिजेको मैदानका कारण ४० ओभरमा छोटयाइएको खेलमा नेपाली यू–१९ ले ७ विकेट गुमाई २ सय ५० रन बनायो । फ्रेन्ड्स स्पोर्ट्स ३२ ओभरभित्र १ सय २९ रनमै अलआउट भयो । अभ्यास खेलमा …

पुरा पढ्नुहॊस »

उत्तर कोरियाले फेरि गर्‍यो मिसाइल परीक्षण

उत्तर कोरियाले पहिलोपटक लामो दूरीको अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको दाबी गरेको छ । यो मिसाइलले विश्वकै कुनै पनि ठाउँमा प्रहार गर्न सक्ने दाबी उत्तर कोरियाको सरकारी टेलिभिजनले गरेको छ । उत्तर पोङडान प्रान्तको पानघ्योनबाट प्रक्षेपण गरिएको ‘हासङ–१४’ नामको उक्त मिसाइल मंगलबार जापानी समुद्रमा खसेको थियो । उक्त प्रक्षेपण उत्तर कोरियाली नेता किम जोङ–उनले प्रत्यक्ष अवलोकन गरेको जनाइएको छ । उक्त मिसाइल समुद्रमा खस्नुअघि २८०२ किलोमिटरको उचाइमा …

पुरा पढ्नुहॊस »

ओखलढुंगाका जनप्रतिनिधिले सपथ लिए

ओखलढुंगा ।   १  नगर र ७ गाउँपालिका रहेको ओखलढुंगाका निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् । सुनकोसी, चिसंखुगढी लगायत गाउँपालिकामा सपथ ग्रहण भइसकेको छ।  जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले सपथ गराएका हुन् ।

पुरा पढ्नुहॊस »

कतारमाथिको नाकाबन्दी प्रभाव, नेपाली कामदार पनि ७५ प्रतिशतले घटे

काठमाडौं । आतंकवादलाई समर्थन गरेको आरोपमाा छिमेकी मुलुकहरुले नाकाबन्दी लगाए पछि कतार जाने नेपाली कामदारको संख्या ७५ प्रतिशतले घटेको छ । नेपाली युवाका लागि वैदेशिक रोजगारीका प्रमुख गन्तब्य मध्ये कतार पनि एक हो । अहिलेसम्म कतारमा कार्यरत कोही पनि नेपाली समस्यामा नपरे पनि यहाँ जाने कामदारहरुको संख्या भने दिनहुँ घटिरहेको छ । नाकाबन्दी लगाउनु अघि दैनिक औषतमा चार सय कामदार कतार जाने गरेको अहिले यो संख्या एक सयमा रोकिएको हो …

पुरा पढ्नुहॊस »

नजिकका आफन्तले मात्र भिसा पाउने

मुसलमानबहुल ६ देशका नागरिक तथा विश्वभरका शरणार्थीका लागि अमेरिकाले नयाँ भिसा जारी गरेको छ । बिहीबारदेखि लागू भएको नयाँ नियमअनुसार अब अमेरिकी भिसा प्राप्त गर्न नजिकका आफन्त तथा व्यावसायिक व्यक्ति हुनुपर्नेछ । यसबाट इरान, लिबिया, सोमालिया, सुडान र यमन प्रभावित हुनेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरी २० मा राष्ट्रपतिको पद सम्हालेपछि ७ मुस्लिमबहुल देश र विश्वभरका शरणार्थीका लागि यात्रा प्रतिबन्धको घोषणा गरेका थिए । नयाँ नियमअनुसार आगामी ९० …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको शाखा सर्लाहीको बलरामा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडको आफ्नो १७५ औं शाखा कार्यालय सर्लाही जिल्लाको बलरा नगरपालिकामा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाली कांग्रेसका नेता एवं सांसद डा.अमरेश कुमार सिंहले एक समारोहका बीच गरेका हुन् । सो समारोहमा प्रमुख अतिथि सांसद अमरेश कुमार सिंहले बिकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको बिकास हुने बताए । सो कार्यक्रममा राष्ट्रिय वाणिज्य बैकका संचालक …

पुरा पढ्नुहॊस »

चर्चित हास्यकलाकार दिपक राज गिरीको छोराको बिहे

काठमाडौं,चर्चित हास्यकलाकार दिपकराज गिरीको छोरा दिपेश राज गिरी वैवाहिक सम्बन्धमा गाँसिएका छन्। दिपकराज गिरीको छोरा दिपेश  र किर्तीपुर निवासी मिरा ज्ञवाली  वैवाहिक जीवनमा बाँधिएका हुन् । आफन्तजनहरु र  सिमीत कलाकारकर्मीहरुलाई मात्र  विवाह समारोहमा बोलाइएको थियो।  विवाह समारोह असार  १७ गते  शनिवार सम्पन्न भएको थियो।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको हकप्रद सेयर साउन ५ गतेदेखि

काठमाडौं । माछापुच्छ्रे बैंकको हकप्रद सेयर साउन ५ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले १० कित्ता बराबर १.२ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । भदौं ७ गतेसम्म आवेदन दिन सकिने हकप्रद सेयरको बिक्रि प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको छ । बैंकले आफ्ना देशभरका शाखा र एनएमबी क्यापिटलको कार्यालयबाट आवेदन दिन सकिने जनाएको छ ।

पुरा पढ्नुहॊस »

एथलेटिक्स खेलाडी उडिसातर्फ

पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टिम २२ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन आइतबार भुवनेश्वर (भारत) प्रस्थान गरेको छ । उडिसास्थित भुवनेश्वरमा जुलाई ७ देखि ९ सम्म हुने च्याम्पियनसिपमा गोपीचन्द्र पार्कीले ५ हजार र १० हजार मिटर, सोमबहादुर कुमालले ४ सय र ८ समय मिटरमा प्रतिस्पर्धा गर्नेछन् । रियो ओलम्पिकमा प्रतिस्पर्धा गरेकी सरस्वती भट्टराई ८ सय र १५ सय मिटर दौड, केशरी चौधरी लङजम्प र ट्रिपलजम्प तथा चन्द्रकला लाम्गादे ज्याभ्लिन …

पुरा पढ्नुहॊस »