माेहन सिपाडाेल

डलरको भाउ ९८ पैसाले घट्यो

काठमाडौं । केही दिनयता बढिरहेको अमेरिकी डलरको भाउ आज थोरै घटेको छ । शनिबार डलरको भाउ ९८ पैसाले घटेको हो । नेपाल राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६२ पैसा तोकेको छ । हिजो १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ६ पैसा थियो । डलरको भाउ …

पुरा पढ्नुहॊस »

जोभिच लिगको एकै खेलमा ५ गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने

काठमाडौं । जर्मन बुन्डेसलिगामा आइनट्राक्ट फ्रान्कफर्टले फोर्तुना डसलडर्फलाई हराएको छ । शुक्रबार राति भएको खेलमा फ्रान्कफर्टले डसलडर्फलाई ७–१ ले हराएको हो । फरवार्ड लुका जोभिच एक्लैले ५ गोल गरेका छन् । खेलको २६ औं मिनेटमा एक्रोब्याटिक प्रहारमार्फत उनले गोलको खाता खोलेका थिए । लगत्तै पहिलो हाफको अन्त्यतिर उनले दोस्रो गोल गरे । दोस्रो हाफको १० मिनेटमा जोभिचले ह्याट्रिक पुरा गरे । खेलको अन्त्यतिर लगातार दुई गोल गर्दै उनले इतिहासमा नाम …

पुरा पढ्नुहॊस »

यूट्यूबमा ८ करोडले हेरे ‘कुटुमा कुटु’ गीत

काठमाडौं । यूट्यूबमा नेपाली चलचित्र ‘२ रूपयाँ’को सुपर हिट गीत ‘कुटुमा कुटु’ ८ करोड पटक हेरिएको छ । यो भ्यूज नेपाली गीतले युट्युबमा सबभन्दा बढी हो । निकै चर्चित संगीतकार राजनराज शिवाकोटीले ‘कुटुमा कुटु’मा शब्द तथा संगीत दिएका हुन् । करिब १८ महिना अघि यूट्यूबमा सार्वजनिक गरिएको यस गीतबाट शिवाकोटीले यो वर्षा थुप्रै अवार्डहरु पनि हात पारे सकेका छन् । मेलिना राई, राजन ईशानको साथमा शिवाकोटीको स्वरमा सजिएको गीतका कोरियोग्राफर …

पुरा पढ्नुहॊस »

एक बालक बेपत्ता

काभ्रे । पाँचखाल नगरपालिका–६ तीनपिप्लेका एक बालक बेपत्ता भएका छन् । स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक रहेका राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका हुन् । सम्राट शुक्रबार बिहान ढुंगानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा नआएपछि खोजबिन गर्दा कतै नभेटिएको राजकुमारले बताए । सम्राट नभप्रतिभा बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् । जिल्ला प्रहरी कार्यालयले सम्राटको खोजीका लागि आज बिहानैदेखि प्रहरी पलिचालन गरिएको जनाएको …

पुरा पढ्नुहॊस »

पुरानो रिसिइबीलाई लिएर एक युवकको हत्या

उर्लाबारी । मोरङमा शुक्रबार राति पुरानो रिसिइबीलाई लिएर एक युवकको हत्या भएको छ । पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको र हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको पथरी इलाका प्रहरी कार्यालयले जनाएको …

पुरा पढ्नुहॊस »

मासु पकाउने क्रममा घरमा एक्कासि आगलागी, साढे दुई लाख क्षति

रुकुम । रुकुम पूर्वमा गए राति एक घरमा आगलागी हुँदा दुई लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । घरमा मासु पकाउने क्रममा एक्कासि कराइको तेल बलेर सिस्ने गाउँपालिका–५ रुमालबाराका ज्ञानु बुढाको खरले छाएको एकतले घरमा आगलागी हुँदा रु ५५ हजार, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत गरी रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । ज्ञानु बुढाकी श्रीमती ३६ वर्षीय मोतीकला …

पुरा पढ्नुहॊस »

आज पनि आफन्त र मान्यजनहरुबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी

काठमाडौं । बडादशैँको आज एघारौं दिन तथा दशैंको टीकाको दोस्रो दिन आज शनिबार आज पनि आफन्त र मान्यजनहरुबाट टीका र जमरा लगाई आशीर्वाद लिने गरिन्छ । आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। हिजो विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन् । विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म …

पुरा पढ्नुहॊस »

एपीएलमा सन्दीपको टिम लेपर्ड्स सेमिफाइनलमा पराजित

काठमाडौं । अफगानिस्तान प्रिमियर लिग (एपीएल) अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेको टोली नङराहार लेपर्ड्स बल्ख लेजेन्ड्ससँग पराजित भएको छ । शुक्रबार राति भएको पहिलो सेमिफाइनलमा लिओपार्डस बल्ख लिजेन्ड्ससँग १७१ रनले पराजित भएको हो । लिजेन्ड्सविरुद्धको सेमिफाइनल खेलमा सन्दीप टोलीमा परेका थिएनन् । युएईको शारजाहमा लिजेन्ड्सले दिएको २३६ रनको लक्ष्यसहित मैदान उत्रिएको लिओपार्डस १३ ओभर १ बलमा अलआउट हुँदै ६४ रनमा समेटियो । लिओपार्डसका फजल नियाजाई र आन्द्रे …

पुरा पढ्नुहॊस »

रावणको पुत्ला जलाउँने क्रममा रेल जोतिँदा ६२ को मृत्यु

काठमाडौं । भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर सहरमा एउटा रेल मानिसहरूको भिडमा पुगेपछि कम्तीमा ६२ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ। विजयादशमीको दिन रावणको पुत्ला जलाउन जम्मा भएको भीडमाथि रेलको लिग नजिकै मानिसहरू भेला भएको ठाउँ ठूलो दुर्घटना भएको हो । प्रत्यक्षदर्शीहरूले पुत्ला जलाइन लागेको भीडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन् । शुक्रबार राति भएको सो दुःखद घटनामा परी हालसम्म कम्तीमा पनि ६२ जनाको मृत्यु भएको …

पुरा पढ्नुहॊस »

दूतावासभित्रै पत्रकार खशोग्गीको मृत्यु भएको साउदीद्वारा पुष्टि

काठमाडौं । साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको अक्टोबर २ मा इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावासभित्रै मृत्यु भएको पुष्टि गरेको छ। सरकारी टेलिभिजनले खशोग्गीको टर्कीको इस्तानबुलमा रहेको वाणिज्य दूतावासमा एक संघर्षपछि ज्यान गएको पुष्टि गरेको हो । खशोग्गीको मृत्यु भएको पुष्टि भएसँगै एकजना उच्च गुप्तचर अधिकारी अहमद अल–असिरी र राजपरिवारका एकजना वरिष्ठ सल्लाहकार साउद अल–कतानीलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ । पत्रकार खशोग्गीको हत्या आरोपमा साउदी अरेबियाका १८ जनालाई पक्राउ गरिएको छ …

पुरा पढ्नुहॊस »