रुपन्देही । रुपन्देही प्रहरीले बुधबार अवैध लागुऔषधसहित हरिजन दम्पतीलाई सीमावर्ति क्षेत्र मेउडिहवाबाट पक्राउ गरेको छ ।
भारतबाट अबैध लागुऔषध नेपाल भित्र्याएको आरोपमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका २, का २५ वर्षीय ओमप्रकास हरिजन र उनकी श्रीमती २४ वर्षीया गोडिया हरिजन पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुबाट प्रहरीले डाइजेपाम, फेनारगन र नुफीन बरामद गरेको हो । मोटरसाइकलको पछाडि बसेकी गोडियाले आफनो ब्यागमा लुकाएर ल्याएको अवस्थामा त्यति परिमाणको लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




