काठमाडौं । यस वर्षको बडादशैंको साइत बिहान ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
भोलि शुक्रवार विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । सोही दिन बिहान ९ बजेर ५१ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले बताएको छ ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि समितिले बताएको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी शुक्रबार मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ ।
विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।
तपाईंको प्रतिकृया




