काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ३’ ले ८ दिनसम्ममा करिब ८ करोड माथिको कलेक्सन गरेको छ ।
असोज २४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आएको चलचित्रले ८ दिनसम्म करिब ८ करोड ४० लाखको कलेक्सन गरेको हो ।
‘छक्का पञ्जा ३’ ले पहिलो दिन १ करोड ३० लाखको कलेक्सन गरेको छ भने दोस्रो दिन ९० लाख र तेस्रो दिनमा पनि ९० लाख नजिकको व्यापार गरेको फिल्म स्रोतले जनाएको छ । ।
‘छक्का पञ्जा ३’ ले चौथो दिनमा अर्थात शनिबार मात्रै देशभर १ करोड ८० लाख भन्दा माथिको ब्यापार गर्दै एक दिनमा सबै भन्दा बढी व्यापार गर्ने आफ्नै फिल्मको रेकर्ड तोड्न सफल भएको थियो ।
यस अघि ‘छक्का पञ्जा २ ’ले एक दिनमा १ करोड ५३ लाखको व्यापार गरेको थियो ।
चलचित्रले पाँचौ दिनमा करिब ८० लाख, छैटौ दिनमा ८५ लाख, सातौ दिनमा ९० लाख र आठौं दिनमा करिब ९५ लाखको हाराहारी कलेक्सन गर्न सफल भएको जनाइएको छ ।
चलचित्र ‘छक्का पञ्जा ३’ले चलचित्र छक्का पञ्जा को १६ करोड कलेक्सनको रेकर्ड समेत तोड्न सक्ने अनुमान अहिले फिल्म क्षेत्रमा लगाउन थालिएको छ ।
८ दिनमा ‘छक्का पञ्जा ३’ ले कमायो ८ करोड ४० लाख
तपाईंको प्रतिकृया



