नयाँ दिल्ली । महिला पत्रकारमाथि यौन हिंसाको आरोप लागेका भारतका एक मन्त्रीले राजीनामा दिएका छन्। भारतीय जनता पार्टी (भाजपा) नरेन्द्र मोदी नेतृत्वमा रहेको भारत सरकारका विदेश राज्यमन्त्री एमजे अकबरले बुधबार राजीनामा दिएका हुन् ।
अकबरले आफूले न्यायका लागि अदालत जाँनलागि पदबाट राजिनामा दिनु उपयुक्त भएकोले राजिनामा दिएको प्रतिक्रिया दिएका छन्।
राज्यमन्त्री अकबरले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘मैले अदालतबाट न्याय लिन निर्णय लिएको छु, यसैले आफ्नो पद छोड्दैछुु। अकबरमाथि १५ भन्दा बढी महिलाले ह्यासट्याग मी टू ( #MeToo ) अभियानमार्फत यौन उत्पीडनको आरोप लगाएका छन।
थुप्रै महिलाले उनीमाथि यौन उत्पीडनको आरोप लगाएका छन। पत्रकारिता करियरका क्रममा प्रभावशाली सम्पादकमध्ये एक रहेको उनीमाथि सबैभन्दा पहिला वरिष्ठ पत्रकार प्रिया रमानीले ‘मीटू’ लगाएकी थिइन् । कार्यालयमा भएको यौन उत्पीडनबारे आफ्नो पुरानो लेख रिट्विट गर्दै उनले त्यो लेख एमजे अकबरबारे भएको उनले सार्वजनिक गरेकी हुन। सोहि बिषयलाई लिएर प्रमुख विपक्षी कांग्रेसले राज्यमन्त्री अकबरको राजीनामा मागेको थियो।
उनले प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजप्रति आफूलार्इ मन्त्री बन्ने अवसर प्रदान गरेकोप्रति कृतज्ञ भएकोसमेत बताएका छन्।
पत्रकारितामा सफल मानिएका अकबर सन् २०१४ को लोकसभा चुनावताका भारतीय जनता पार्टीमा प्रवेश गरे। सन् २०१५ मा झारखण्डबाट राज्यसभाको चुनाव जिते।





